असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युत्गृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।
ऐतिहासिक सम्पदा, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरंग समाज, नेपाल (आइडब्लूएस) को आयोजनामा मङ्सिर १६ गतेदेखि पाँच दिन महोत्सव सञ्चालन हुने जनाइएको छ ।
मधेशको इतिहास लेखनका लागि इतिहासविद्हरूको खोजीमा जुटेको छ । मधेश प्रज्ञा प्रतिष्ठान जनकपुरधामले मधेशको इतिहास लेखनका लागि मधेशसम्बन्धी इतिहासविद् एवं जानकारको खोजीमा जुटेको हो । मधेशको इतिहास कहिँकतै नभेटिएको दाबीसाथ मधेशको इतिहास लेख्न नेपाल र भारतका इतिहासविद् र जानकारको खोजीमा जुटेको प्रतिष्ठानका अध्यक्ष रामभरोज कापडी ‘भ्रमर’ ले जानकारी दिनुभयो । पूर्वपश्चिम मधेशका २२ जिल्लाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतको विषयका इतिहास दस्तावेज नभेटिएकाले जानकार इतिहासविद्लाई भेला गरी इतिहास लेखनतर्फ प्रतिष्ठान अगाडि बढेको उहाँले बताउनुभयो ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो। उहाँसँगै गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ। यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जाराले बताउनुभएको छ। यसै सन्दर्भमा अध्यक्ष लोकप्रसाद बन्जारासँग गोरखापत्रका नरेन्द्र ढकालले गर्नुभएको कुराकानी : गाउँपालिकाको अध्यक्षको भूमिकामा तपाईंले एक वर्ष पूरा गर्नुभयो, यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यो एक वर्षको कार्यकालमा म आफैँ पूर्ण सन्तुष्ट छैन। हामीले जे, जति, जसरी गर्ने भन्ने सोच राखेका थियौँ
मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यो वर्ष निकै घट्ने देखिएको छ। स्याउको बोटमा कम फल लागेपछि किसान चिन्तित बनेका छन्। मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ। हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन। जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जात राम्रोसँग फुल्न सकेनन् । यसका साथसाथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग परागसेचन हुन नपाउँदा फल लागेको छैन। शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले भन्नुभयो, “स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्तादेखि १० दिनसम्म झरी पर्दा परागसेचन हुन पाएन। त्यसैले दाना कम लाग्यो।”
अहिले पनि ताप्लेजुङका करिब पाँच सय परिवार शौचालयविहीन छन् । तथ्याङ्क कार्यालय पाँचथरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको जिल्लामा उक्त सङ्ख्यामा अझै शौचालय विहीन परिवार रहेका हुन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई लक्ष्य गरी सुरु गरेको पुनः एकीकरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक पटक विदेश गएर फर्किएकालाई रोजगारसँग जोड्ने यो कार्यक्रमप्रति युवाको आकर्षण र चासो बढ्दै गएको छ। गाउँघरमै उद्यम गरेर बस्न चाहनेलाई कार्यक्रमले उत्साहित बनाएको छ। गाउँपालिकाका अनुसार पुनः एकीकरण कार्यक्रममा ५१ युवा समेटिएका छन्। विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिएको हो। पालिकाले विदेश नगई स्वदेशमै केही व्यवसाय गर्न चाहने युवालाई विभिन्न रोजगारसँग जोड्न प्रतिव्यक्ति ३५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। कञ्चन गाउँपालिका–१, बेलभरियाका अर्जुन चौधरी पुनः एकीकरण कार्यक्रमबाट आफू उद्यम व्यवसायसँग जोडिएको बताउनुहुन्छ। अब विदेश गएर होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने जोसजाँगर पलाएको छ । उहाँले भन्नुभयो, “फेरि विदेश नजाने प्रतिबद्धता गरिसकेको छु।” अर्जुन जस्तै ५१ जना युवाले विभिन्न उद्यम व्यवसाय सञ्चालन गरेका छन्। विभिन्न कृषि व्यवसाय अन्तर्गत कोही भैँसी, बाख्रा, कुखुरापालन गर्दै छन् भने केही हस्तकला, पसल, फ्रेस हाउसलगायत आयआर्जनको पेसा तथा व्यवसायमा जोडिएका छन्।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आउनु भएको हो ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताउनुभएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलाका मुकुन्द नेपालीको घरमा असार १७ गते आगजनी भयो। मुकुन्दले गाउँकै गिरी थरकी युवती भगाएपछि आक्रोशित केटी पक्षले घरमा आगो लगाइदिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीका दाइ हिक्मत गिरीले घरमा आगो लगाइदिएका हुन्। प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जातीय विभेदको यो पछिल्लो दृष्टान्त हो। कर्णाली प्रदेशमा यस्ता विभेदका अनेक घटना भएका छन्।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका कारागारको अवस्था जीर्ण र दयनीय देखिएको छ। कारागार सुधार तथा निर्माण नभएसँगै क्षमताभन्दा दोब्बर सङ्ख्यामा कैदीबन्दी राखिएका छन्। कारागार भवन निर्माण तथा पूर्वाधारको अभावले जिल्ला कारागारको अवस्था जीर्ण र दयनीय भएको हो। कैदीबन्दी पनि निकै कष्टकरपूर्ण जीवन जिउन बाध्य रहेको बताइएको छ।
शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसक्दा मुलुकको उच्च शिक्षाको झन्डै ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ। यस मातहत स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिकासमेत सार्वजनिक भएको छैन। शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पाठ्यक्रम पढिसकेका हुन्थे। वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक त
गठबन्धन नेपाली राजनीतिको एउटा अनिवार्य आवश्यकता हो। नेपालमा अहिलेको राजनीति प्रणाली अनुसार कुनै एक दलद्वारा पूर्ण बहुमत हासिल गरेर सत्ता सञ्चालन गर्न सक्ने सम्भावना निकै कम छ। साथै, नेपालमा विषम समाज छ र सरकार सञ्चालनमा साना दल उदाउँदै छन्। प्रजातन्त्रको प्रादुर्भाव भएपछि पनि कम समयमा नै सरकार परिवर्तन हुने क्रम जारी रह्यो। स्वार्थ केन्द्रित राजनीतिले शासनमा प्रतिकूल प्रभाव पा¥यो र विकास सुशासनमा अपेक्षा गरिएको परिणाम हासिल हुन सकेन। भारतमा सन् २०१४ मा भारतीय जनता पार्टीले पूर्ण बहुमत ल्यायो। लगभग ३० वर्षपछि एकै दलको बहुमत आएको हो। राजनीतिक विश्लेषकहरूले दक्षिण एसियामा गठबन्धनको युग समाप्त भएको घोषणासमेत गरे तर बहुमत प्राप्त भए पछि पनि सा
सामाजिक सुरक्षा भनेको आर्थिक तथा शारीरिक रूपमा निष्क्रिय व्यक्ति तथा परिवारको सुविधा तथा लाभका लागि राज्यले उपलब्ध गराउने विभिन्न प्रकारका सुविधा तथा लाभका कार्यक्रम हुन्। आधुनिक समयको सामाजिक सुरक्षा भने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, विभिन्न बिमा कम्पनी, स्वीकृत अवकाश कोषहरू, सेना–प्रहरीको कल्याणकारी कोष, योगदानसहितको सामाजिक सुरक्षा कोष, निवृत्तिभरण कोष, तथा नेपाल सरकार र यसका अङ्गबाट प्रदान गर्ने गरिएको छ। नेपालको सामाजिक सुरक्षा ऐन, २०७५ को प्रस्तावनामा, नेपालको संविधानबमोजिम आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपो