जब म चिकित्सकका रूपमा बिहान वार्डमा बिरामीको उपचारमा लाग्छु, बिरामी कोही पेट फुलेर, कोही आँखा पहेँलो र कोही बेहोसी भएर अस्पताल आएको भन्नुहुन्छ। उहाँहरूमध्ये धेरै जसो २५–४५ वर्षका हुनुहुन्छ। धेरै बिरामीका अनुहार सुकेको र पेट फुलेको देखिन्छ। धेरैलाई हामी सोध्ने गर्छौं, तपाईंलाई यस्तो अवस्था कसरी आयो ? बिरामी त्यति खुलेको पाइँदैन। हेपाटाइटिस भएको थियो वा कलेजोसम्बन्धी कुनै समस्या थियो भनेर सोध्छौँ तर उत्तर आउँदैन। रक्सी वा अल्कोहल त लिनु हुन्थेन नि भनेर सोध्छौँ। करबलले लाज मानीमानी भन्छन्, अलि अलि लिने गर्थें तर अहि
पृथ्वीराज मार्गको दमौली–पोखरा खण्डमा भएको अवरोध हटेको छ । बुधवार साँझ ६ बजे म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बिचमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
शिक्षा देश विकासको आधारशीला हो। मुलुक समृद्ध बनाउने पूर्वाधारको पनि पूर्वाधार हो शिक्षा। शिक्षाले नै व्यक्तिको सर्वाङ्गीण विकास गरी सक्षम, योग्य, कुशल तथा प्रतिस्पर्धी जनशक्ति तयार पार्छ। मुलुकको समग्र विकासका निम्ति स्पष्ट दृष्टिकोण र कार्यदिशा निर्धारण गर्न लक्ष्य, उद्देश्य, नीति, रणनीति तथा कार्यनीति तर्जुमा गरिन्छ। यिनै सूत्रलाई प्रतिविम्बित गर्न मुलुक सङ्घीय गणतन्त्रात्मक अवस्थामा प्रवेश गरेपछि “राष्ट्रिय विकासका लागि आवश्यक जनशक्ति तयार गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकूल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न मुलुकभित्र स्थापना हुने तथा स्थापना भई सञ्चालन भइरहेका विद्यालयको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरूलाई न्याय दिन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूसँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६ औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्ष सहभागी भए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका सङ्घ तथा गाउँपालिका सङ्घबाट प्रतिनिधि सहभागी भए ।
सरकारले सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सो कुरा बताउनुभएको हो । बैठकमा सचिव मरासिनीले सुनचाँदी कारोबारसम्बन्धी निर्देशिकालाई समयसापेक्ष र व्यावहारिक बनाउन त्यसलाई परिमार्जन गर्ने कार्य सुरु भइसकेको बताउनुभएको हो । समयसापेक्ष बनाउँदै अञ्चल संरचनामा रहेको निर्देशिकालाई प्रदेश संरचनामा लैजाँदै अन्य आवश्यक व्यवस्थामा समेत परिमार्जन गर्न लागिएको सचिव मरासनीले जानकारी दिनुभयो ।
पछिल्लो जनगणनाअनुसार दोलखा जिल्लाको जनसङ्ख्या घटेको छ। २०५८ सालको जनगणनायता दोलखाको जनसङ्ख्या घटिरहेको हो। तथ्याङ्क विभागले दोलखा सदरमुकाम चरीकोटमा सार्वजनिक गरेको विवरण अनुसार २०६८ सालमा दोलखाको जनसङ्ख्या एक लाख ८७ हजार ५५७ रहेकोमा २०७८ सालसम्म आइपुग्दा १३ हजार ७९० घटेर एक लाख ७२ हजार ७६७ रहेको छ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–७ का २० वर्षीय सुशान श्रेष्ठले बाबुको पहिचान नभएका कारण नेपाली नागरिकता लिनबाट वञ्चित हुनुपरेको थियो। नेपाली नागरिकता नभएकै कारण कक्षा १२ को परीक्षा उत्तीर्ण गरेर पनि शैक्षिक प्रमाणपत्र नपाएपछि उहाँले स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप¥यो। “नागरिकता नभएका कारण मैले १२ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन सकिन र स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप-यो, आमाको नामबाट नागरिकता प्राप्त गर्दा खुसी लागेको छ,” बुधबार नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका सुशानले भन्नुभयो। नागरिकताको प्रमाणपत्र नभएकै कारण बनेपा नगरपालिका–५ की १९ वर्षीया रिमा कपालीको नर्सिङ अध्ययन गर्ने रहर पूरा हुन सकेन। “नर्सिङ अध्ययन गर्ने ठूलो धोको थियो तर नागरिकता नभएका कारण मैले उक्त विषयको अध्ययन गर्न पाइन, आमाको नामबाट नागरिकता पाएँ, म धेरै खुसी छु,” उहाँले थप्नुभयो। कपालीले पनि बुधबार नै नागरिकताको प्रमाणपत्र लिनुभएको हो।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेश सभा बैठकमा पेस गर्नुभएको विनियोजन विधेयक २०८० माथिको छलफल भइरहेको छ। आर्थिक मामिलामन्त्री लामाले सोमबार प्रदेश सभाको बैठकमा पेस गर्नुभएको आव २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि मङ्गलबार र बुधबार पनि छलफल जारी छ।
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकामा नेपाली र चिनियाँ अधिकारीबिच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। बुधबार भएको सो बैठकमा तातोपानी नाका दुईतर्फी खुल्दा दुई देशले सीमामा अवाञ्छित गतिविधि हुन नदिनेबारे छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘अदृश्य’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेटसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा सोहित र रिस्ताले कुनै अकल्पनीय घटनाबाट अचम्मित भएको भावमा देखिनुहुन्छ ।
चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्रको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर तीन मिनेट लामो छ । सिनेमाले एकल महिलाको पुनर्विवाहको कथा प्रस्तुत गरेको छ । चलचित्र यही असार २९ गते प्रदर्शन हुँदै छ । करिश्मा मानन्धरले चलचित्रमा एकल महिलाको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा सरोजले निर्देशनसँगै अभिनय पनि गर्नुभएको छ ।
अभिनेतृ रेखा थापाले नयाँ चलचित्रको नाम सार्वजनिक गर्नुभएको छ । चलचित्रको नाम ‘उपहार’ राखिएको छ । रेखा फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र सामाजिक कथामा बन्ने छ । फिल्मको कथा सुलक्षण भारतीले लेख्नुभएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्रमा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहने छ । साउनको दोस्रो साताबाट छायाङ्कन सुरु हुने चलचित्र यसै वर्ष प्रदर्शन गरिने योजना रहेको छ ।