२०२४ सालमा राजा महेन्द्र कञ्चनपुरको शुक्लाफाँटाबाट काठमाडौँ फर्किंदै गर्दा एक्कासी अस्वस्थ भएपछि हेलिकोप्टरबाट कैलालीको टीकापुरमा अवतरण गरी एक महिना विश्राम गर्नुभएको थियो। स्वास्थ्य लाभका लागि टीकापुरमा विश्राम लिने क्रममा राजा महेन्द्रले टीकापुर रमाइलोसँग अवलोकन गर्नुभयो। त्यसपछि राजा महेन्द्रकै निर्देशनमा टीकापुर व्यवस्थित (प्लानिङ) सहरका रूपमा विकास भई २०५३ सालमा नगरपालिका बनेको हो। राजा बसेको स्थानमा बनेको उद्यान, कर्णाली नदी, दुर्लभ ज
जब जब चेतनाको प्रवाहमा थाल्छन् गुन्जिन कोरोना कोरस
महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो ।
बैतडीका स्थानीय तहले लक्षित वर्गका लागि विनियोजित रकम असार महिनाभर विभिन्न होटलमा सभा, गोष्ठी र तालिम आयोजना गरी स्वाहा पारेका छन्। यसको उदाहरण पाटन र दशरथचन्द नगरपालिका पनि हुन्। सो पालिकाले लक्षित वर्गका लागि विनियोजन गरेको ५० लाख रुपियाँ होटलमा तालिम चलाएर सकेको छ। दशरथचन्द नगरपालिकाले दलितका लागि विनियोजित २८ लाख रुपियाँ कहाँ खर्च गर्ने भन्ने कुराको टुङ्गो लगाउन नसक्दा फ्रिज हुने भएको छ।
तिम्रो नाम लिँदा यौवनले फक्रिएको फूल झैँ फुल्छ गर्वले छाती
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका बजेट शीर्षकमाथि मङ्गलबार छलफल भएको छ। प्रदेश सभा सदस्यले छलफलमा भाग लिँदै प्रभावकारी बजेट कार्यान्वयनका लागि १७ गते भएको सर्वदलीय बैठकका निर्णय तथा सहमति कार्यान्वयनमा जोड दिएका छन्। सरकारले प्रदेशमा सडकको निर्माण, स्तरोन्नति, पर्यटनलगायत विकासमा जोड दिएका छन्।
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।
साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल साबित हुन थालेको छ ।
बाढीपहिरोले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा क्षति पु-याएको छ। पहिरोले घर पुरिँदा मङ्गलबार तीन बालबालिकाको ज्यानसमेत गएको छ। अर्घाखाँची समाचारदाताका अनुसार जिल्लाको पाणिनी गाउँपालिका–१, पणेना गोवनपानी गाउँमा गङ्गा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
मनसुनी वायुको प्रभावले आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश सरकारले विपत् जोखिम न्यूनीकरणका लागि १० करोडको कोष बनाएको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनका लागि प्रदेश सरकार सँगै रहेको बताउनुभएको छ। उहाँले विपत् जोखिम न्यूनीकरणका लागि जिल्ला तहमा पनि १०/१० लाख नघट्ने गरी विपत् कोषको रकम पठाएको जानकारी दिनुभयो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित प्रदेश शान्तिसुरक्षा र विपत् जोखिम न्यूनीकरण रणनीतिसहितको गुरुयोजना निर्माणसम्बन्धी गोष्ठीमा
तनहुँको आबुँखैरेनी गाउँपालिका –४, लोप्राङ्ग गाउँका बासिन्दालाई घरमा आउने धाराको मुहान पहिरोले पुरिएपछि खानेपानीको चरम अभाव भएको छ । चार दिन अघिदेखि धारामा पानी नआएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको स्थानीयले बताएका छन् ।
सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम हुन सकेको छैन। सडक निर्माणको समय अझै धकेलिने निश्चित भएको छ। आयोजनाको प्रगति हालसम्म ३८ प्रतिशत रहेको छ। अहिले कामको गति केही बढेको आयोजनाले जनाए पनि वर्षाका कारण खासै काम हुन सकेको छैन।