• १३ साउन २०८१, आइतबार

भानुभक्त @ लिङ्ग्वाफ्रान्का डटकम

blog

जब जब चेतनाको प्रवाहमा 

थाल्छन् गुन्जिन कोरोना कोरस

उकुसमुकुसका ज्वारभाटाहरू 

जीवनका नाफा र घाटाहरू 

आली ताछेर  चिटिक्क रिटिक्क पारिएका 

संवाद रोप्ने गैरी खेतका पाटाहरू 

क्याक्टस कुल्चेर जिरेनियमको सौन्दर्य 

देखाउने बाटाहरू 

जब तब स्वासप्रवाहमा 

प्राणवायुका डिग्रीहरू ८०-९६ का तालमा 

उफ्री उफ्री गाल्छन् । 

ड्याम ड्याम ठोकिएका गोली ठीक कि 

छोक्रैछोक्रैा पारिएका जिउँदो लासे बोली ठिक 

खोतल्दा खोतल्दै 

केलाउँदा केलाउँदै 

निधार हुँदै नाकको हाइवेबाट झर्ने 

पसिना बास्नाको मोलमोलाई लिङ्ग्वाफ्रान्क्वा 

सेतो चुच्चेटोपी शिरमा मुसुक्क हाँस्नाको 

गोलगोलाई लिङ्ग्वाफ्रान्क्वा 

चेप्टे, नेप्टे, चुच्चे र थेप्चे एकसाथ बाँच्नाको 

झोल झोलाई लिङ्ग्वाफ्रान्क्वा 

एक्वेरियमको माछाको सर्वस्व संसार एक्वेरियमकै 

कुवाको भ्यागुताको सर्वस्व धनसार कुविरेस झैँ 

चुच्चे ढुङ्गो उही टुङ्गोको तालमा 

बुद्रुक बुद्रुक उफ्रिरहेको खरायो चालमा 

दुनियाँ हाते मोबाइलमा चन्द्रमा अनअफ गर्न थालेसी 

फुरुङ्ग हुँदै बाटामा सोलार प्यानजल बालेसी 

पक्का इमेल पठाउँनेछु भानु 

तिम्रो भानुभक्त @ लिङ्ग्वाफ्रान्का डटकममा 

डाटावेश किनेर

कता ता 

कहाँ कहाँ 

कहिले कहिले दुख्यो देश गिनेर 

कठै ! सम्प्रेषणीयता महìव चिनेर 

पक्का ! डाटाबेस किनेर 

भन मात्र ! ओर्लन्छौ कता सुस्तरी 

चुँदी रम्छा कि कान्तिपुरी सम्झेर 

पक्का इमेल पठाउँनेछु भानु 

डाटाबेस किनेर ।