वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।
हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ ।
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो।
घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।
सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी । अरुण नदी चीनको स्वशासित भू–भाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीको प्रमुख एक सहायक नदी हो । तस्बिरः सुजन बज्राचार्य/रासस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई घेराबन्दी गरी सरकारमा जान नदिने षडयन्त्र जारी रहेको बताउनुभएको छ । सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई रिभर विच मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस
परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ ।
नेपाल सुटिङ सङ्घको अध्यक्षमा पुष्पदास श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनले पुष्पदासलाई अध्यक्षमा निरन्तरता दिएको हो ।
चार वेद तथा १८ पुराणका रचयिता महर्षि वेद व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने सहमति गरेको छ।
धरानमा डेङ्गुको प्रकोप बढ्न थालेपछि उपमहानगरपालिकाको सबै वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ (खोजी र नष्ट) अभियान सुरु गरेको छ । पछिल्लो समय डेङ्गु संक्रमणका कारण प्रत्येक वडामा बिमारी भएसँगै धरान स्वास्थ्य महाशाखाको तथ्याङ्कअनुसार डेङगुका कारण धरान –१७ मा एक जना महिलाको जेठ २३ गते मृत्यु भएको पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।