• २३ वैशाख २०८१, आइतबार

मलेसियालाई नेपाले दियो २५३ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १९ गते । नरेन भट्टले अविजित शतकीय इनिङ्स खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।  

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । 

नेपालका लागि नरेन भट्टले अविजित एक सय १२ रन बनाउनुभयो । उहाँले ८९ बलमा १० चौका र दुई छक्काको सहयोगमा शतकीय इनिङ्स खेल्नुभएको हो ।

निरज यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८ र अशोक धामीले १२ रन जोड्नुभयो । बलिङमा मलेसियाका मुहम्मद अक्रमले तीन तथा अरेन अकील र मुहम्मद फदुलले एक एक विकेट लिनुभयो । 

नेपाल आज मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्ने अभियानमा छ । सेमिफाइनलमा नेपालले सिङ्गापुर र मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । समूह चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।