जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेको उजुरीको छिनोफानो स्थानीय तहमै गरी समस्या समाधान गर्ने उद्देश्यसहित पीडितमैत्री अभियान सुरु गरेको छ ।
मृत्युका विविध कारणमध्ये कृत्रिम कारण हो – आत्महत्या । नेपालमा मृत्युको प्रमुख कारणमध्येकै रूपमा आत्महत्या देखिएको छ । सरकारी तथ्याङ्क हेर्ने हो भने सवारी दुर्घटना र आत्महत्याको भयावह तथ्याङ्क छ । दैनिक आठदेखि १५ जनासम्मले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । दैनिक सातदेखि १० जनाले देशभर आत्महत्या गर्ने गरेको पाइन्छ तर यो तथ्याङ्कलाई गम्भीरताका साथ नलिँदा आत्महत्या दिनप्रतिदिन बढिरहेको छ । मानिस आफैँले आफैँलाई हरेक दिन सिध्याइरहेका छन् । सानो कारणसँग जुध्न नसक्ने र ठुल्ठुला समस्यामा जुधिरहेकाहरूले समाधानको बाटो खोज्नुको साटो आफ्नो जीवन आफैँ समाप्त पारिरहेका छन् ।
बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट हुनुभएको छ। नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल हुनुभएको उहाँकी आमा यामु बुढाक्षेत्रीले बताउनुभयो। ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ। त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ।
मण्डला थिएटरमा नाटक ‘युद्धका घाउहरू’ को मञ्चन सुरु भएको छ। अन्जान प्रदीपद्वारा लेखन तथा निर्देशन रहेको नाटकमा द्वन्द्वकालका भोगिएका चोटको कथालाई प्रस्तुत गरिएको छ। नाटकको कथामा सशस्त्र द्वन्द्वका व्रmममा बेपत्ता, हत्या, विस्थापित, यातना, अपाङ्गता, यौन हिंसाको घटनामा परेकालाई स्मरण गरिएको छ।
उच्च पहाड, एकै छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त एकै छिनमै हावा चलेर कुहिरो उडाइ लाने । एकान्त स्थल स्वच्छ वातावरण अनि चौँरी र भेडाको दुधसँगै दुधजन्य परिकार पाइने लेकाली गोठ । साँच्चिकै सुन्दर छ तिम्बुङ पोखरी ।
सूर्यविनायक नगरपालिका–७, गुन्डुका खेतबारीका डिल, टनेललगायतमा हाल मखमली, सयपत्री फूलको रूपमा किसानको मेहनत र लगानी फक्रिन थालेका छन् । स्थानीय बासिन्दाले तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न, सयपत्री फूलको गुच्छा र माला बेच्न सुरु गरेका हुन् ।
गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको ‘वैशाखे घाम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गीतकार लाल कार्की अन्जानको शब्द रहेको छ। नागेन्द्रकै गायन तथा सङ्गीत रहेको गीतको एरेन्ज विक्कल खड्काले गर्नुभएको हो। करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन रहेको गीत सङ्गीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ भने १८ भवन निर्माणाधीन छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले सरकारको कामकारबाहीको समीक्षा र पार्टी निर्माणमा केन्द्रित भई आआफ्नो धारणा राखेका छन् । बुधबारदेखि प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले पार्टीलाई विधि पद्धतिमा लग्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक महिना सबै सरकारी निकायको प्रगति विवरणसहितको रिपोर्ट कार्ड प्रधानमन्त्री कार्यालयमा पठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उहाँले मन्त्रीपरिषद्का निर्णय कार्यान्वयनको अनुगमन गर्ने स्वचालित प्रणाली तथा एकीकृत मूल्याङ्कन प्रणालीलाई चुस्तदुरुस्त अघि बढाउन निर्देशन दिनुहुँदै भन्नुभयो, “हरेक महिना सबै निकायको प्रगति विवरणको रिपोर्ट कार्ड मकहाँ आउने व्यवस्था मिलाउनूस्।” उहाँले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्न निर्देशन दिनुभएको छ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाउनुभएको छ। संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको हो। प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्षको हुने संवैधानिक व्यवस्था छ। उहाँले अवकाश पाउनुअघि बिहीबार संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरिसकेको छ। आइतबारदेखि श्रेष्ठले नै कायममुकायमका रूपमा सर्वोच्च न्यायालयको नेतृत्व गर्नुहुने छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले शान्ति प्रक्रियालाई सधैँका लागि टुङ्ग्याउनुपर्ने उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी सशस्त्र द्वन्द्वबाट पीडितलाई समाजमा पुनः स्थापित गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउन सांसदले माग गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले छानबिन प्रक्रियामा भइरहेको अलमलप्रति प्रश्न उठाउँदै राज्य संयन्त्रबिच आवश्यक समन्वय गरेर छानबिन गर्न सुझाएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय शिक्षासम्बन्धी ऐन छिट्टै आउने बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस नेपाल (प्याब्सन) काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। ऐन निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको बताउँदै उहाँले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गर्नुभयो। विद्यालय शिक्षासम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पठाउन हालै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउँदै सञ्चारमन्त्री शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य समाजवाद हो। यसको अर्थ शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनु पर्छ भन्ने नै हो।”