बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामको फिक्कल बजारमा सञ्चालनमा रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।
। शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउनुहुँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्व सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आँखा पाक्ने रोगबाट धेरै सङ्ख्यामा विद्यार्थी प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक साताका लागि पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।
कैदीको सरुवाको विषयमा कैदीबन्दीहरुले नाराबाजी सहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
प्युठान–भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो अझै सुचारु भएको छैन । बुधवार राति करिब १० बजेदेखि झरेको पहिरो अझै रोकिएको छैन । बाटोमा पहिरो झर्दा बाटो अवरुद्ध छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।