गुल्मीमा आर्थिक वर्ष २०७९/०८० मा एक अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञोन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो।
दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्णसागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।
काठमाडौं, साउन १९ गते। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताउनुभएको छ। शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताउनुभएको हो। अध्यक्ष भट्टराईले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंङ्ले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाललाई संसारको एउटा समुन्नत देशको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासात् गरेर अघि बढिरहेको जिकिर गर्नुभयो। अध्यक्ष भट्टराईले भन्नुभयो, ‘‘हिजो व्यवस्था फेर्नका लागि सङ्घर्ष गर्ने, लडने, जेल जाने यस्तो कार्य चाहिँ प्रमुख थियो। तर, संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो। अब एउटा नयाँ लोकतान्त्रिकरणको युगमा, समृद्धिकरणको युगमा, सुशासनको युगमा प्रवेश गर्याे। अब व्यवस्थाका लागि लडनुपर्ने अवस्था पनि आउन सक्छ। सङ्घर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, त्यो प्रधान हुँदैन। प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढङ्गले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्याउने कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान सुरु गर्यौं।’’अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताउनुभयो। उहाँले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई सङ्घर्ष, एकता र रुपान्तरणको माध्यमबाट व्यवस्थापन गर्दै अघि बढाउने बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र किचलो बढेको छ । मन्त्री नियुक्तीको विषयलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं किरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तु समेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक बर्ष तराईमा रोपाइ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।
काठमाडौं, साउन १९ गते। श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन्। महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फर्छ्याेट गर्दै आएको बताउनुभयो। उहाँले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्याेट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’ धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताउनुभयो। प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।
बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निमार्ण गरिएको छ ।
पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो।