रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।
चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान मिचिएका छन्।
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाउनु भएको छ ।
२९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरेर मनाइने भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरी मनाउने जानकारी गराएको हो।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याउनुभएको छ
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले २२ महिला केन्द्रीय सदस्य थप गरेको छ । योसँगै माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या ४०७ पुगेको छ ।
भारतको केदारनाथ दर्शनका लागि गएर पहिरोमा पनि बेपत्ता भएकामध्ये तीनजनाको सनाखत भएको छ । मृतक तीनैजना जुम्ला जिल्ला तातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार सूचना सार्वजनिक गर्दै भन्सार शुल्क नबुझाइ ल्याउन पाउने मालवस्तुको विवरण सार्वजनिक गरेको हो।
भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् ।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेपालका लागि बंगलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । बिहीबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
म्याग्दीमा एकजना वडासचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिका –१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिका छानविन समितिले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई शुक्रबार कार्यकक्षमा भेटेर आफ्नो समस्या सुनाएपछि राउटे युवा सामूहिक तस्बिरमा ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो।