पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागूऔषध दुर्व्यसनीहरूको सङ्ख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरूमा वृद्धि भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहोराटार पुग्नुभएको छ । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलो पटक शनिबार बिहान बोहोराटार पुग्नुभएको हो ।
बाजुराका परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् ।
नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।
‘लक्ष्मी ! ए लक्ष्मी !’ भन्दै देवकी चिच्याइन् । घरभित्र गुनगुन आवाज आइरहेको थियो । तर भित्रबाट कोही बोलेन । एकछिनपछि देवकीको छोराको आवाज आयो, ‘ठूलो मम्मी आउनु भएको छ, ढोका नखोलौँ ।’ ‘ढोका नखोलौँ’ भनेको सुन्दा देवकी छाँगाबाट खसेझैँ भइन् । केही बेरपछि ल्याएको कोसेली ढोकामा राखेर आखाँभरि आँसु बोकेर उनी फर्किन् । उनलाई रिँगटा लाग्ला जस्तो भयो । बल्लतल्ल घर पुगिन् । यसपछि देवकीले देउरानीसँग बिताएका दिन एकपछि अर्को सम्झन थालिन् । ज्यामिरेका शिवदत्त र पार्वतीका कान्छा छोरा अर्जुनको विवाहले
यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् ।
तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
तनहुँमा डेंगु ज्वरोको प्रकोप फैलिएको र बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ४४ बिरामी पहिचान भएका हुन् ।
विसं २०४० को दशकमा लेखन आरम्भ गरी विसं २०५० को दशकमा स्थापित कवि एवं निबन्धकार डा. टङ्क उप्रेती साहित्यमा विषयवस्तुको प्रभावकारी प्रस्तुति, शैलीको निजत्व र नवीनताको सन्धानका लागि परिचित हुनुहुन्छ । उहाँका चार वटा काव्यकृति र एउटा निबन्धसङ्ग्रह प्रकाशित छन् । सञ्चार अनुसन्धान र विश्लेषणात्मक लेखनमा पनि उहाँ संलग्न हुनुहुन्छ । यस क्षेत्रमा पनि उ
दुवै आँखामा गजबार लगाएर चुकुल बन्द गरेर बसेको छु नक्कली जगत सक्कली सम्झने भ्रममा तैरिरहने आकाङ्क्षा मोहको खम्बामा बाँधिएको
कैलालीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो ।
भेदलाई निषेध गरिस् राम्रै भयो तर तेरो सद्भावमा भेद छ तैपनि राम्रै छ !
‘जीवन विज्ञान’का सद्गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपाल सूर्य उदाएदेखि अस्ताएसम्म ज्ञान र योग–ध्यानको धारो खोलेर शिष्यलाई सुख, शान्ति र समृद्धिमा लैजान अथक प्रयास गरिरहनुभएको छ । जीवन विज्ञानमा सबै वर्ग, उमेर, जाति, लिङ्ग, धर्म र सम्प्रदायका व्यक्तिहरूले ध्यानबाट आत्मिक लाभ लिइरहेका छन् । ‘जीवन विज्ञान’ कुनै धर्म–सम्प्रदाय होइन, यो त ज्ञान र ध्यानको अविच्छिन्न प्रवाह हो ।
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखामा टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गरिएको छ ।