आर्थिक व्यवस्थापन पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये आठ राजनीतिक दलले मात्रै जरिबाना बुझाएका छन्। जरिबाना बुझाउन आयोगले तोकेको समयसीमा भदौ पहिलो साता सकिँदै छ। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोसम्बन्धमा जानकारी नगराएका दलमध्ये चार दलले मात्रै जरिबाना बुझाएका छन्। त्यसैगरी लेखापरीक्षण ढिला बुझाउने आठ दललाई सात हजार रुपियाँ जरिबाना तोकिएकोमा चार दलले मात्रै जरिबाना बुझाएका छन्। आयोगले साउन १ गते छ दललाई १५ हजार रुपियाँका दरले, ११ दललाई २० हजार रुपियाँका दरले र पाँच दललाई १० हजार रुपियाँका दरले जरिबाना गर्ने निर्णय गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिनको माग गर्नुभएको छ। विधि, पद्धति र विचारसहित पार्टी सञ्चालन गर्न पहिला आफैँभित्र शुद्धीकरण गर्नुपर्नेमा दुवै नेताहरूले जोड दिनुभएको छ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताउनुभएको छ ।
वरिष्ठ साहित्यकार किशोर पहाडीको नागरिक सम्मान गरिएको छ ।
शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल गर्नुभएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानुन नबन्ने बताउनुभएको छ ।
सन्त निरंकारी मण्डल नेपालले नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा आज निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविरमा १२३ जना विरामीले आँखा परीक्षण गराउनुभएको छ ।
धनकुटाको निसान मन्दीर परिसरमा एक घण्टी छ । जो धार्मिक पर्यटकको लागि निक्कै आकर्षक छ । निसान मन्दिर पुग्ने मात्र नभइ धनकुटा पुग्ने जोकोही सो घण्टीमा फोटो नखिचि फर्कदैनन् ।
धौलागिरी हिमाललाई नाङ्गो आँखाले देख्न सकिने रमणीयस्थल लभ्ली हिल पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइभरी छरिएका फोहोर देखेर दिक्दार हुनेगरेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेतामाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यले माग गरेका छन्।