शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताउनुभयो ।
भाइबहिनीहरू, तपाईंहरूलाई थाहा छ, पारिजात के हो ? पारिजात एउटा यस्तो फूल हो जुन रातिमा मात्र फुल्छ र बिहान सबै झर्छ । अनि यो एउटा मात्र फूल हो जुन भुइँमा झरे पनि भगवान्लाई चढाउन सकिन्छ तर आज हामी फूल पारिजातको बारेमा होइन, साहित्यकार पारिजातको जीवनीका बारेमा केही जानौँ है त । भाइबहिनीहरू, पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको पिता केएन वाइबा र माता अमृता मोक्तानले उनको नाम विष्णुकुमारी राखे पनि लामाले चेकुडोल्मा ‘तारा रानी’ राखिदिएका थिए ।
ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।
हाम्रा पुर्खा थिए साह्रै आँटिला वीर साहसी ज्यानको बलिदानै त दिन हुन्थे तयार ती ।। महान् देश हाम्रो यो बनेको बलिदानले लिन आएर नेपाल सक्थे के गर्न शत्रुले ?
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
विद्यालय ज्ञान आर्जन गर्ने स्थान हो । विद्यालयबाट लिएको ज्ञानले विद्यार्थीलाई भविष्य उज्ज्वल बनाउन बाटो निर्देशित गर्छ । विद्यालयले वातावरण मिलाउन सक्ने हो भने साना नानीबाबुहरूले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि लिन सकिन्छ । शैक्षिकसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नमा उदाहरणीय बनेको छ बाँकेको कोहलपुर नगरपालिका–११, भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालय । यो विद्यालयका विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्ने अवसर पाइरहेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँपालिका मिलाएर बनेको हो। २०३२ सालमा जिल्लाको नरपानीबाट सदरमुकाम सन्धिखर्कमा सारिएको थियो। चारैतर्फ पहाडी तथा बिचबाट बगेको बाँगी खोला र खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाँटले सन्धिखर्क नगरपालिकाको सौन्दर्य बढाएको छ। सन्धिखर्क नगरपालिकाको विकासलगायत समसामयिक विषयमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग अर्घाखाँची समाचारदाता गणेश खनालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
लुम्बिनी प्रदेश सरकारले मन्त्रालय फुटाएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र) का दुई गरी पाँच जना मन्त्री थपिने बताउनुभयो। मन्त्री पाण्डेले मन्त्रालय बाँडफाँटको विषयमा विवाद नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले तीन वटा र माओवादी केन्द्रले दुई वटा मन्त्रालय पाउनुपर्ने पहिलेकै सहमति हो। भागबन्डामा परेका मन्त्रालयले यो महिनाभित्र मन्त्री पाउने छन्।”
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ। यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन्। अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन। काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवनार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा