म्याग्दीमा एक जना वडा सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१, बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिकाको छानबिन समितिले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गर्नुभएको छ ।
भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा खुल्लमखुल्ला गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ। पालिकाको भवनको दोस्रो र तेस्रो तलाको भित्तामा गुणस्तरहीन दोयम इँटा प्रयोग भइरहेको हो। नगरपालिकाका प्राविधिक, कर्मचारी र नगर नेतृत्वले भने त्यसप्रति आँखा चिम्लिएको आरोप स्थानीयको छ। निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको आरोप लागेको छ।
पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो ।
खाँडाचक्र नगरपालिका–१ का प्रकाश ताम्राकार घर खर्चको जोहो गर्न भारत जाने आउने गर्नुहुन्थ्यो। घरमा असारे काम सकेर दशैँ खर्च जुटाउन श्रीमती तथा बालबच्चाको शरीर ढाक्ने रकम जोह गर्न प्रकाश भारतको उत्तराखण्ड पुग्नुभएको हो। घर बनाउँदा लागेको ऋण तिर्नका लागि २०७९ साल भदौ ३ गते भारत पसे पनि राम्रो कमाइ नभएकाले उहाँलाई एक पटक पनि घर फर्किने मन भएन। प्रकाशका साला बहादुरे विश्वकर्मा भन्नुहुन्छ, “अति मेहनती, मिलनसार, राम्रो बोली, कसैसँग पनि मनमुटाव नगर्ने मान्छेलाई कालले पनि छिटो लिने रहेछ।”
चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।
नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको चार किलोमिटर सडक निर्माण अहिले थप अन्योलमा परेको छ । भरतपुरमा निर्माणाधीन यो सडकका लागि चालु आर्थिक वर्षमा बजेट नछुट्याएपछि अन्योल बढेको हो ।
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो ।
कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन्। दुधदानीबाट ११ प्रतिशत बालबालिकालाई दुध खुवाउने गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ।
खार्पुनाथ गाउँपालिकाको खार्पुमा बेवारिसे अवस्थामा रहेका सुधारिएका फलामे चुलोहरू सेवाग्राहीले तीन वर्षपछि पाएका छन्। सो चुलो बेवारिसे बनेको अवस्थाका बारेमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि सिमकोट गाउँपालिकाले बेवारिसे चुलो सिमकोट ल्याउने र बाँकी चुलो सप्लायर्सबाट झिकाउने काम गरी स्थानीयलाई वितरण गरेको छ। सिमकोट गाउँपालिका–५ का बर्ख रोकायाले निःशुल्क रूपमा सुधारिएको चुलो पाएको बताउनुभयो। तीन वर्ष नाम छनोट गरे पनि गाउँपालिकाले अहिले आएर उक्त चुलो वितरण गरेको उहाँले बताउनुभयो।
डडेलधुरामा उत्पादन भएको बिउ आलु प्रतिकिलो ५० रुपियाँ निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ डडेलधुराले शनिबार आयोजना गरेको गोष्ठीबाट बिउ आलुको मूल्य निर्धारण गरिएको हो । हिउँदे र बर्खे गरी दुई वटै सिजनको बिउ आलुको मूल्य प्रतिकिलो ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यवसायीलाई १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको हो ।
कारणका आधारमा परिणामको व्याख्या गर्ने कि परिणाम अघि सारेर कारणलाई पुष्टि गर्ने भन्ने विवाद पुस्तौनी हो । खास गरी अध्यात्मवादले कारणलाई प्राथमिकतामा राखेर परिणामको व्याख्या गर्न खोज्यो । कारणमा वैज्ञानिकताको अभावमा त्यसले फस्टाउनै पाएन । आरम्भमा नै त्यो शङ्काको घेरामा प-यो र सिद्धियो । भौतिकवादले भने परिणामका आधारमा कारणलाई पुष्टि गर्ने कोसिस ग-यो । कैयौँ वैज्ञानिक अनुसन्धान परिणामका आधारमा कारणलाई पुष्टि गर्ने प्रयत्न गरेका कारणले ती निष्कर्ष विश्वसनीय बन्न पुगे । त्यसैमध्येको एक हो माक्र्सवाद । समाज विज्ञानमा उत्कृष्ट विज्ञान ठहरिएको माक्र्सवादले आफैँलाई पुष्टि गर्न तथ्यहरूको र तर्कहरूको साहारा लि
मानव सभ्यताको विकास सँगसँगै मुख्यतः भारत र नेपाललगायत संसारभरिका निषाद (मछुआरा) समुदायले आफ्नो विकास, प्रगति, उन्नतिसहित राज्यमा हिस्सेदारीको मुद्दालाई उठाउँदै आइरहेको छ । राज्यसत्ताको हरेक संयन्त्रबाट पछाडि पारिएको यो समुदाय सामाजिक न्यायका लागि विभिन्न रूपमा सङ्घर्ष गरिरहेको छ । हरेक मानवको चाहना र भावना हुन्छ सामाजिक न्याय, समानता, स्वतन्त्रता, आर्थिक समृद्धि, राजनीतिक अधिकार प्राप्त होस् । एक सङ्गठनले अर्को सङ्गठनलाई, एक
सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित अनिरुद्धसिंह यादव तीन तहका अदालतबाट दोषी ठहर भई चार वर्ष जेल सजाय तोकिएका व्यक्ति रहेको रहस्य खुलेको छ ।
नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ ।