बाँकेको कोहलपुर नगरपालिकाले बेरुजु रकम असुली गर्ने भएको छ । नगरपालिकामा देखिएको ४३ करोड बढी बेरुजु रकम असुल गर्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना क्रिकेट खेलाडीलाई एक महिना विशेष प्रशिक्षण गर्न भारत पठाएको छ ।
नाम्खा गाउँपालिका–६ को लिमी र सिमकोट गाउँपालिका–१ को चुवाँखोला क्षेत्रका उच्च पाटनमा चौरी गाईलाई नदी तरेर चर्न जानुपर्ने बाध्यता छ ।
त्रिपुराकोटको पुरानो सेजकुलो भत्किएपछि भूतपूजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका –१ त्रिपुराकोटस्थित मसानजाड तल्लोचुकेनीसम्मको ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि भूत रिसाएको भन्दै त्रिपुराकोटका स्थानीयले भूतलाई शान्त बनाउन पूजा गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता नैनसिंह महरले पछिलो समय जनताको जनजीवन र समस्याप्रति वर्तमान सरकार सचेत र चिन्तित नदेखिको बताउनुभएको छ ।
पूर्वी ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलामा आएको बाढीसँगै गएको पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा पुगेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित, स्रोत साधनमार्फत् समुन्नतिका नयाँ सम्भावना खोजिरहेको बताउनुभएको छ। सरकार गठन भएको शनिबार एक सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिलेको प्राथमिकता उत्पादन वृद्धि र जनको समृद्धि भएको उल्लेख गर्नुभयो।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको चापाघाटको दृश्य । साथै मादी नदी र मादी नदीमाथि रहेको पक्की पुल ।
रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष् फुयाँलले जित्नुभएको छ ।
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी जम्मा तीन हजार ५९१ मुद्दा रहेको थियो ।
बाँकेको कोहलपुर नगरपालिकाले ४३ करोड बेरुजु असुलीमा कडाइ गर्दै असुली अभियान नै सुरु गरेको छ ।
नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा बिहीबार राति आएको पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन्।
बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।