अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताउनुभएको छ ।
काठमाडौं, साउन २० गते। वरिष्ठ सर्जक प्रा. राजेन्द्र सुवेदीको ८१ औँ जन्मजयन्तीकोको अवसरमा उहाँका ‘छानिएका भूमिका’ कृति सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सुवेदीको भूमिका संकलन गरिएको कृति सार्वजनिक गर्नुभएको हो। नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका नेम्वाङले कार्यक्रममा वरिष्ठ कलाकार के के कर्माचार्यले बनाउनुभएको सुवेदीको चित्रसमेत सार्वजनिक गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेम्वाङले सुवेदीसँग इलाम बस्दाका केही सम्झना सुनाउनुभयो। नेम्वाङले सुवेदीलाई आफूले सधै इलामे ठानेकोसमेत बताउनुभयो। ‘‘राजेन्द्र सुवेदी इलाममा क्याम्पस प्रमुख हुँदा उहाँले निर्वाह गर्नुभएको भूमिका अहिले पनि धेरैले सम्झिन्छन्। २०२९ सालमा इलाममा हुँदा उहाँले सधै सम्झिने आधार तयार पार्नुभएको थियो’’, सुवेदीलाई सम्झदै नेता नेम्वाङले भन्नुभयो। नेम्वाङले हिमाल, पहाड, तराई र सबै जातजातिलाई जोड्ने नेपाली भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो। नेम्वाङले भन्नुभयो, ‘‘सबै जातजातिलाई एक ठाउँमा राखेर बाध्ने काम नेपाली भाषाले गरेको छ। हिमाल, पहाड र तराईलाई र सबै जातजातिलाई नेपाल भाषाले जोडेको छ। यो भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको छ।’’साहित्यकार जिवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदी र समालोचक ज्ञानु पाण्डेले राजेन्द्र सुवेदीको बारे मन्तव्य राख्नु भएको थियो। डा. रमेश शुभेच्छुले स्वागत गर्नुभएको कार्यक्रममा सुवेदीका नातिनीसहित अन्य कविले सुवेदीका कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा राजेन्द्र सुवेदीको जीवन र साहित्य सिर्जनाको विषयमा आधारित डकुमेन्ट्रीको प्रदर्शन पनि गरिएको थियो। राजेन्द्र सुवेदीको २०७८ जेठ ३ गते सोमबार कोरोना सङ्क्रमणबाट निधन भएको थियो।
नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरियन एन्टी डोपिङ एजेन्सी (काडा) को संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
ताप्लेजुङमा शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदैगएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक बर्ष २०७९–८० मा गरेको अनुगमनका क्रममा दस लाख रुपियाँभन्दा बढीको अखाद्य बस्तु फेला पारेर नष्ट गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण राष्ट्रिय स्वार्थभन्दा सत्तास्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।
घाँस काट्नेक्रममा मङ्गलसेन नगरपालिकामा एक महिलाको भीरबाट खसेर निधन भएको छ । मङ्गलसेन नगरपालिका–१ जैधन निवासी अन्दाजी २४ वर्षीया निर्मला साउद थापाको निधन भएको हो ।
साना लगानीका उद्योग तथा व्यवसाय फर्म दर्ता स्थानीय तहबाट भएसँगै घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा नयाँ फर्म दर्ता सङ्ख्या घट्न थालेको छ ।
म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठूलो बरको रुख रहेको छ ।
चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।
सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ ।
धनुषामा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–५, औरहीथान सामुदायिक वनमा सडेगलेको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।