• १३ साउन २०८१, आइतबार

चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर (फोटो फिचर)

blog

म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन २० गते ।
म्याग्दीको सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर धार्मिक पर्यटकीय स्थल हो । शिवालय मन्दिर माथि ठुलो बरको रुख रहेको छ । मन्दिर माथि बरको रुख भएकाले यसलाई धेरैले आश्चार्य मान्ने गरेका छन् ।

बाइसे चौबिसे राज्यका पालामा निर्मित मन्दिरले प्राचिन धार्मिक सभ्यता झल्काउँछ । धार्मिक सभ्यता र संस्कृति बोकेको मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासीहरुले सक्रियता देखाएका छन् ।

धार्मिक सभ्यताको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।


तत्कालीन ज्यामरुककोटे राजा मलेबम मल्लले भाइ भद्रिबम मल्लको हत्या गरेपछि पापबाट मुक्ती पाउन चार सय वर्षभन्दा पहिले  मन्दिर स्थापना गरेको किम्बदन्ती छ ।

मन्दिरलाई धार्मीक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनमुलक कार्यहरु गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापना र यज्ञ मण्डप निर्माण गरिएको छ । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, ग्रहदशा पुजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ ।