काठमाडौँ, पुस ११ गते । नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरको तीन दिने एकल फोटो प्रदर्शनी आयोजना भएको छ।
फोटो पत्रकार नवीनबाबु गुरूङले खिचेका तमू ल्होसरा लक्षित नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्व झल्किने तस्बिर राखिएको छ। गुरुङको यो एकल फोटो प्रदर्शनी हो ।
प्रदर्शनीमा गुरुङले ड्रोनबाट खिचेका ३५ आकर्षक तस्बिर राखिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले प्रदर्शनीको आयोजना गरेका हुन्।
१५ वर्षभन्दा बढी पेशागत अनुभव भएका फोटो पत्रकार नवीनबाबु गुरुङ, फोटो पत्रकारिता र डकुमेन्ट्रीमा काम गर्दै नेपालको सामाजिक संरचनालाई सिनेमेटिक दृश्य दृष्टिकोणसँग पेश गर्नुहुन्छ।
उद्घाटन कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् अध्यक्ष धनमान गुरुङ, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ, फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्ले, नेपाल पर्यटन बोर्ड कार्यकारी सदस्य ऋषि भण्डारी, निमित्त निर्देशक सुनिल शर्मा, वरिष्ठ प्रबन्धक विमल शर्मा, , वरिष्ठ फोटोग्राफर जगदीश तिवारी र राष्ट्रिय फोटो पत्रकार समूह ( एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तको उपस्थित रहेको थियो।
शुक्रबार बाट सुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।











