काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।
बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो ।
सुदूरपश्चिमका सामुदायिक विद्यालय आर्थिक अभाव झेल्दै आएका छन्। सामुदायिक विद्यालयले कक्षाकोठा अभाव, शिक्षक दरबन्दी, शैक्षिक सामग्रीलगायत समस्या भोग्दै आएका छन्। विद्यालयमा आवश्यकता अनुसार कक्षाकोठा, शिक्षक दरबन्दी, शैक्षिक सामग्री नहुँदा सुदूरपश्चिमका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेको बताइन्छ। यो समस्या सहरी क्षेत्रभन्दा ग्रामीण भेगका सामुदायिक विद्यालयले बढी समस्या भोग्दै आएका छन्।
सुर्खेतका बालबालिकामा आँखा पाक्ने रोग फैलिएको छ। विद्यार्थीमा यो रोगको सङ्क्रमण बढी देखिएको छ। अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यार्थीमा सङ्क्रमण बढ्न थालेपछि विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको छ। विद्यार्थी, शिक्षक र कर्मचारीसमेत आँखा पाक्ने रोगबाट सङ्क्रमित हुँदा विद्यालय सञ्चालनमा समस्या आएको छ।
विशेषज्ञ चिकित्सकको अभावमा जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। कोरोना सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमा ४६ लाख ५० हजार लागतमा पाँच आइसियु बेड, दुई भेन्टिलेटर जडान गरिएका थिए। आइसियु र भेन्टिलेटर कक्ष जडानपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका स्थानीय जटिल खाले उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन्। दक्ष जनशक्तिको अभाव भन्दै चार वर्षदेखि आइसियु कक्ष र भेन्टिलेटर थन्क्याएर राखिएको छ।
विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल मनमोहक बनाइँदै छ। घोडाघोडीमा हालै मात्र बाँध पुनर्निर्माण तथा प्रवेश पार्क निर्माण कार्यले पूर्णता पाएसँगै ताल क्षेत्र आकर्षण देखिनुका साथै स्वदेशी पर्यटकको चहलपहल बढेको छ। पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा प्रवेश पार्क तथा आउटलेट बाँध निर्माण भएको हो। स्थानीय पदमप्रसाद ढकालका अनुसार जीर्ण भएको पुरानो बाँधका कारण तालको पानी ठाउँ ठाउँबाट बगेर जाने अवस्था रहेको र पुनर्निर्माणले ताल फुट्ने सम्भावना टर्नुका साथै पार्क निर्माणले तालको आकर्षण बढाएको छ।
सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका हिमाली क्षेत्रको नगरपालिका हो । समुद्री सतहबाट चार सय मिटरदेखि चार हजार मिटरसम्म उचाइको भूबनोट यहाँको छ ।
तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले स्वास्थ्यकर्मी पाएको छ। गत असार २२ गते गोरखापत्र दैनिकमा ‘गुल्मीमा दरबन्दी, सिंहदरबारमा काम’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मीको काज फिर्ता भएको छ। कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहनुभएको थियो।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव फेला परेको छ । स्थानीय ५२ वर्षीया हस्तकली बुढाथोकीको आफ्नै घरमा शव भेटिएको हो ।
मनाङमा याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले हिमाली जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि खोप लगाउन थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै स्थानमा फैलिएको ‘लम्पी स्किन’ यहाँ पनि देखिएपछि सुरक्षित गराउन खोप आएको छ, लगाइरहेका छौँ।”
पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१०, पानबारीमा बन्दै गरेको कञ्चन पुलको आधा भाग बाढीले बगाएको छ। सैनामैना रिङरोड अन्तर्गत पर्ने उक्त पुल बनाउन थालेको दुई वर्ष पूरा भएको छ। तीन वर्षभित्रैमा निर्माण सम्पन्न हुने भनिएको पुलको आधा भाग हालै आएको बाढीले भत्काएको हो।
मानव समाजमा गतिविधिको राजनीति चलिरहेको छ । राजनीतिमा सामाजिक संस्थाको पर्यावरण अर्थात् सामाजिक व्यवस्थाको रूपान्तरण गर्ने सामथ्र्य हुन्छ । राजनीतिले क्षमता प्रभावित गरेर शक्तिलाई प्रयोग गरेर उपयोगमा ल्याउन सक्छ । राजनीति देश र जनताका सेवाका लागि हो । धेरै व्यक्ति यसलाई दुरुपयोग गरी शक्ति हातमा लिई आफ्नोे प्रभाव पार्न लागिरहेका छन् । राजनीति व्यापार हो, समाज त्यसको बजार । समाजमा शक्ति बिक्ने भएकाले शक्ति राज्य सत्तामा पाउँछ । शक्तिमा भक्ति गर्ने
सदाचार, निष्ठा, उच्च नैतिक चरित्र, असल आचरण र जवाफदेहिताबाट विमुख भई व्यक्तिगत स्वार्थपूर्तिका लागि सार्वजनिक पद, शक्ति र अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । भ्रष्ट आचरण भ्रष्टाचार हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार प्रदर्शन गर्नु भ्रष्टाचार (प्रज्ञा नेपाली बृहत् शब्दकोश) हो । सार्वजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनीतिक
प्राकृतिक चिकित्साले मनुष्यको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सन्तुलित बनाउन प्राकृतिक तत्वलाई उपचारको साधन बनाउँछ । यो विधाको उपचारले शरीर, मन र आत्माको त्रिमानसिक सन्तुलन कायम गर्छ । रोगको प्रभावको हैन, कारणको उपचार गर्छ । शरीरको स्वाभाविक गुण र शक्तिलाई पुनर्ताजगी गर्छ । मानवलाई प्रकृतिसँग जोड्दै उच्चस्तरीय स्वास्थ्य स्तर कायम गर्नु नै प्राकृतिक चिकित्साको मुख्य लक्ष्य हो । स्वस्थ एक सम्पूर्ण शारीरिक, मानसिक, आध्यात्मि