राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका क्रममा डुवानमा पर्ने बीपी राजमार्गको ९६५ मिटर सडकलाई स्थानान्तरण गरिने भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नुभएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ ।
हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।
मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
कुनै बेला ‘५२ कुट्टी ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा पानीको अभाव हुन थालेको छ ।
घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ ।
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो ।
कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन भएका छन् । सबै स्थानीय तह मध्ये आठ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुख विहीन बनेको हो ।
जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।
किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुक्रवार बिहान सुरु भएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ६२ औँ सचिवालय बैठक सुरु भएको जानकारी दिनुभयो ।
एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एउटा नीरज नाम गरेको व्यक्ति बस्थ्यो । उ धेरै लोभी थियो । उसलाई जति पैसा भए पनि पुग्दैनथ्यो । उ एकदिन भगवान्को ध्यान गर्न गयो । उसको ध्यान देखेर भगवान् खुसी हुनुभयो र नीरजलाई आँखा खोल्न भन्नुभयो । त्यत्तिकैमा उसले आँखा खोल्यो । उसले भगवान्लाई नमस्कार ग-यो । नीरजले आँखा खोलेपछि भगवान्ले सोध्नुभयो । “तिमीलाई के चाहियो ?” भगवान्को प्रश्नपछि उसले खुसी हुँदै भन्यो, “मैले जे छोए पनि पैसा बनाइदिनुहोस् भगवान् ।” त्यसपछि भगवान्ले उसको लोभ थाहा पाउनुभयो । तैपनि भगवान्ले उसको चाहना पूरा होस् भनेर वरदान दिनुभयो । नीरज झन् खुसी भयो । भगवान्को वरदान पाएको नीरजले त्यसले काम गर्छ कि गर्दैन भनेर नजिकै रहेको
मेरी प्यारी आमा किनु दिनु जामा फुरुफुरु नाच्छु खुसीले बाँच्छु