राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको बताउनुभएको छ।
स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ ।
सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गरिएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताउनुभएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुल्न नसक्ने अडान लिएका छन् ।
नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्त्वपूर्ण हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विश्वास छ ।
यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले नेकपा (माओवादी केन्द्र) को भदौ १६ गतेदेखि सुरु हुने तीन महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताउनुभएको छ ।
धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार १ बजे शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
वर्षाका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार चतरा-मूलघाट-माझिटार-अमरापुरडाँडा-गणेशचोक (तमोर कोरिडोर), धनगढी-सहजपुर-बुडर-स्याउले,साझँबाट-थाकतोली-दार्चुला-टिङ्गर र तानसेन-रिडी-कोरला राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्।