नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा हवाई रुटको पहल थालिएको बताउनुभयो। बुधबार पत्रकारसँग कुरा गर्दै राजदूत हासमीले सिधा हवाई रुट सञ्चालन गरी व्यापार प्रवर्धन तथा जनसम्बन्ध विस्तार गर्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो। पाकिस्तानसँग नेपालले सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको हो।
अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, अधिकृत सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ।
थारु कल्याणकारिणी सभा (थाकस) ले शिक्षा विधेयकमा देखिएको त्रुटी सच्याउन माग गर्दै शिक्षामन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नुपर्ने बताउनुभएको छ।
बेनी–जोमसोम सडकखण्डको बैसरीमा सडकमाथिबाट आएको पहिरोमा परेर गाडीचालक घाइते हुनुभएको छ ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
कपिलवस्तुमा तौलिहवाको मुख्य बजारसहितका अन्य क्षेत्रका बाल बटोरी जग्गाको लालपुर्जा माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना अझै बनाएको छैन । मनसुन लागेको आधा समय भइसक्दासम्म यो प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ ।
त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।
राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो ।
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ भने सात हजार बढीमा सङ्क्रमण देखिएको छ ।