नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहने बताउनुभएको छ । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत स्थिरताको अभावमा लगानीको वातावरण नबन्ने बताउनुभएको हो । “नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन,” उहाँले भन्नुभयो ।
एक सातादेखि गोलभेँडाको मूल्य आकासिएको छ । व्यवसायीका अनुसार गोलभेँडाको मूल्य अहिलेसम्मकै बढी हो । एक साताअघि गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढेर अहिले ११७ रुपियाँभन्दा माथि उक्लिएको छ । पोखराको सबैभन्दा ठूलो तरकारी बजार कृषि बजार व्यवस्थापन समिति योजना सहायक रूपा दाहालले अरू तरकारीको मूल्य नबढेको अवस्थामा गोलभेँडाको मात्र मूल्य बढेको सुनाउनुभयो । अहिले गोलभेँडाको मूल्य अधिक रहेको उहाँको भनाइ छ । “एक साताअघि ६०/७० रुपियाँ हाराहारीमा प्रतिकिलो गोलभेँडा बिक्री हुन्थ्यो, एक्कासी यसको मूल्य बढेको छ,” उहाँले भन्नुभयो ।
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् ।
ऊर्जा क्षेत्र द्रुत विकासका लागि सबै दलको संयुक्त प्रतिबद्धता आवश्यक रहेको औँल्याइएको छ । संसद्को पूर्वाधार विकास समितिमा मङ्गलबार भएको नेपालको ऊर्जा विकाससम्बन्धी छलफलमा सहभागी संसादहरूले यस्तो आवश्यकता औँल्याएका हुन् । आगामी १० वर्षमा ३० हजार मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने सम्भावना साकार पार्न यस्तो प्रतिबद्धता आवश्यक रहेको बताइएको हो । मङ्गलबार सिंहदरबार स्थित पूर्वाधार विकास संसदीय समितिको सभा हलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र सोको समाधानका उपायबारे छलफल भएको थियो ।
हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उहाँले ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको बताउनुभयो ।
यस वर्षको गौरा पर्व, दुर्गाष्टमी व्रत भदौ ७ गते बिहीबारका दिन नै मनाउन उपयुक्त हुने अठोला पञ्चाङ्गले सुझाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशी, कानुनी सल्लाहकार सदस्य जगतप्रकाश जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा श्रावण शुक्ल अष्टमीका दिन नै गौरा पूजन गर्नु उत्तम साइत रहेको उल्लेख गरिएको छ । विशेष गरी सुदूरपश्चिम क्षेत्रमा बिरुडा पञ्चमीदेखि अष्टमीसम्म मनाइने गौरा पर्वको साइतका सम्बन्धमा विभिन्न फरक फरक मत आइरहेको सन्दर्भ उल्लेख गर्दै अठोला पञ्चाङ्गले उत्तम साइतका बारेमा जानकारी गराएको हो ।
बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँको बूढानीलकण्ठको कपन, सामाखुसी, कलङ्कीसहित जलाधार बढ्दा बाढीको समस्या उत्पन्न हुने क्षेत्रमा तत्कालीन र दीर्घकालीन समाधान खोजिने बताउनुभएको छ। सञ्चार मन्त्रालयमा बुधबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले काठमाडौँ उपत्यकामा देखिएको बाढीको समस्या समाधान गर्न आवश्यक कदम चालिने बताउनुभएको हो। उहाँले काठमाडौँकै कपन, सामाखुसी, कलङ्कीको मालपोत कार्यालय डुबानमा परेको घटना स्मरण गर्दै प्रकृतिमाथि भइरहेको छेडखानीप्रति सजग हुनुपर्ने बताउनुभयो।
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ता लिएको छ । यसअघि सरकारले चालु आवको बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो । मन्त्रीपरिषद्को बैठकले बोर्ड खारेजी फिर्ता गर्ने निर्णय लिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषिमन्त्री डा. बेदुराम भुसालको निजी स्वकीय सचिव सुशील भट्टराईका अनुसार बोर्डको आवश्यकता देखेर खारेजी फिर्ता गरिएको बताउनुभयो ।
राजमार्गमा जाने गरेको पहिरोका कारण तथा सोको स्थायी निराकरणका लागि सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास प्रणाली सुधार कार्यदलले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा योसहित सञ्चालनमा रहेका राजमार्गको तत्काल अध्ययन थाल्न तथा नयाँ राजमार्ग निर्माण गर्दा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न पनि सुझाव दिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम मस्यौदा पूरा भइसकेको र आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम खाका मन्त्रीपरिषद्मा पेस हुने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।
पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र रोजगारदाताबिचको श्रम सम्बन्धसमेत थप सुधार भएको हो ।
नेपाल निर्माण व्यवसायी महासङ्घको दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । काम गरेको भुक्तानी सरकारले उपलब्ध गराएको भन्दै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम अगाडि बढाएका हुन् । महासङ्घको नेतृत्वमा बुधबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिट्ठी जुलुस गरेका हुन् । विरोध सभामा सात प्रदेशका ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू सहभागी भएका हुन् ।