निर्माण कम्पनीको लापरबाहीका कारण अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। २०७७ साल चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष ढिलो भइसक्दा पनि निर्माण कार्य ठप्प छ। अस्पतालको भवन पूर्ण रूपमा निर्माण भएको छैन। निर्माण भएका संरचना पनि अस्तव्यस्त छन्। स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो।
खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।
चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो।
मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो ।
मनाङको नार्पाभूमि गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र पालिका हो। कोन्जो तेन्जिङ लामा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट नार्पाभूमि गाउँपालिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। गाउँपालिकाको विकास र नागरिकको सेवामा अहोरात्र खट्ने जुझारु युवा नेतृत्वका रूपमा उहाँको पहिचान बनेको छ। उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। नार्पाभूमि
झापा गाउँपालिकामा सञ्चालित मदरसाहरूले समेत दिवा खाजा दिन सुरु गरेसँगै मुस्लिम विद्यार्थीमा मदरसाप्रतिको आकर्षण बढेको छ ।
मनाङको जिल्ला अस्पतालमा अहिलेसम्म एम्बुलेन्स छैन। विपत्का बेला निकै कठिन हुने गरेको छ। यहाँ कोही गम्भीर प्रकृतिको बिरामी प-यो वा कसैलाई तुरुन्तै उद्धार गर्नु प-यो भने महँगो शुल्क तिरेर हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङीको बाध्यता छ। जिल्ला अस्पतालका प्रमुख रहमद अन्सारीले एम्बुलेन्स नभएको स्वीकार गर्नुभयो। अन्सारीले भन्नुभयो, “अस्पतालको एम्बुलेन्स छैन, अस्पतालको एम्बुलेन्स नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामी अन्तिम अवस्थामा पुग्ने हो कि भन्ने त्रास हुन्छ।”
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु भएको बताउनुभएको छ ।
देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्को सामना गर्नु परिरहेको छ । सोमबार र मङ्गलबार देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गयो भने सात जना बेपत्ता भएका छन् । वैशाखयता बाढीपहिरोलगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ, ३४ जना बेपत्ता भएका छन् । चार हजार ६३१ घरपरिवार प्रभावित बनेका छन् । पशुधन, खेतबारी र अन्नबालीमा भए
विश्वमा विज्ञान र प्रविधिको विकाससँगसँगै प्राविधिक विकास र सामाजिक आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएका छन् । परम्परागत दूर शिक्षा, जुन कुनै बेला हुलाक सेवा, रेडियो, टेलिभिजन, चिठीपत्र वा अन्य कुनै छापिएका अध्ययन सामग्रीमा पूर्ण रूपमा निर्भर थियो । अध्ययन सामग्री प्राप्त गर्न महिनौँ कुर्नु पर्दथ्यो । त्यो स्थिति आज छैन । डिजिटल रूपान्तरणले शिक्षाको क्षेत्रमा गहिरो प्रभाव पार्नुका साथै शिक्षण सिकाइका तरिकामा क्रान्ति ल्याएको छ । आजको
विभिन्न अभियान चल्दाचल्दै पनि नेपालमा बालविवाहले सामाजिक समस्याको रूपमा निरन्तरता पाइरहेको छ । यसलाई हिंसा शृङ्खलाको सुरुवाती बिन्दुको रूपमा पनि लिने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा २५ प्रतिशतभन्दा बढी बालबालिका बालविवाहको जोखिममा रहेको जनाएको छ । बालविवाह गरेका बालबालिका विवाहयोग्य उमेर पुग्दानपुग्दै सम्बन्ध विच्छेद गर्ने, बहुविवाह गर्ने, अपाङ्गता भएका बालबालिका जन्माउने, स्वास्थ्य जोखिममा रहने, जीवनोपयोगी सिपको अभाव, अधुरो शिक्षा, आर्थिक उपार्जनमा दक्षता नहुनेलगायत यावत् विषयले गर्दा अनेकौँ समस्या झेल्नुपर्ने अवस्थामा पुगेका हुन्छन् ।
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।