सिन्धुलीको दुधौली नगरपालिकाले औलोराेग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका–५ को पैमा खोलामा सडक अवरुद्ध भएको छ ।
उहाँले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उहाँमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ ।
बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।
श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।
तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।
जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्ण नगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजु भाइको मृत्यु भएको छ । मङ्गलवार देखी हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मिन घलेले बताउनु भयो ।
महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ ।
दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।
मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका छ जनामध्ये दुई जनाको शव बुधवार बिहान फेला परेको हो ।
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् ।