आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
राष्ट्रिय मानव अधिकार आयोगले झापाको चिया बगानमा कार्यरत श्रमिकको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले चिया बगानमा कार्यरत श्रमिकले ऐनबमोजिम न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले चिया बगानमा कार्यरत श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरवलोकन गर्न, पेसागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोग भन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
विक्रम संवत् १९७४ मै बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिरसँगै रहेको चुरे पहाड छेडेर नेपालमा पहिलो सुरुङ मार्ग बनाइएको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाको डिजाइनमा त्यो सुरुङ मार्ग बनाइएको एक शताब्दी बितिसके पनि अरू सुरुङ मार्ग बनाउने क्षमता बढाइएन तर अब चाहिँ नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग तयार हुँदै छ । चार वर्षअघि २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङ मार्गको सहायक सुरुङ (आपत्कालीन उद्धार सुरुङ) सोमबार छि
नेपाललाई पहिले फिजीकरण गर्ने र त्यसपछि सिक्किमीकरण गर्ने गुरुयोजना अनुसार काम भइरहेको छ– यस्तो आवाज केही वर्षयता सडक र सदन दुवैतिरबाट सुनिंँदै आएको हो । बोल्ने यतैका पात्र हुन्, सुनाउने यिनै वरिपरिका सञ्चारमाध्यम हुन् । राष्ट्रियता सबै नेपालीको सरोकारको विषय भयो । नागरिकता स्वतः जोडिएर आउने पक्ष हुने गरेको छ ।
दुई वा दुईभन्दा बढी व्यक्ति, समूह, सङ्गठन तथा निकायबिचमा कुनै उद्देश्य प्राप्तिका लागि वार्ता गरिन्छ । वार्ताको प्रमुख उद्देश्य मतभेद, अस्पष्टता, मुठभेड, हिंसा, युद्ध र तिरस्कारलाई रोकी शक्ति, सिर्जना, विकास, सद्भाव, शान्ति र सशक्तीकरणमा परिवर्तन गर्नु तथा नवीन नीति योजनाको प्रारम्भ गर्नु हो । त्यस्तै, प्रजातान्त्रिक मूल्य मान्यता अनुरूप शासन सञ्चालन गर्न, विश्वव्यापीकरणलाई आत्मसाथ गर्न, वैदेशिक सहयोगको उपयोग गर्न, आपसी विश्वास तथा सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्न सार्वजनिक प्रशासनमा वार्ता तथा सम्झौताको आवश्यकता पर्दछ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण गएरातिबाट अवरुद्ध भीमदत्त राजमार्गलाई छिटो सुचारु गर्न निर्देशन दिनु भएको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाले घडेरी किन्ने घर बनाउनेजस्ता क्षेत्रमा लगानी गर्छन् । आजकल यो वैदेशिक रोजगारीबाट फर्केका युवामा फेसन जस्तै बनेको छ तर वराहक्षेत्र नगरपालिका–९, ढोलबजियाका तीन युवकले पुख्र्याैली पेसामा नै लगानी गरेका छन् ।
अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ । गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।
सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासङ्घले व्यवसाय सञ्चालनका लागि प्रस्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुनचाँदी व्यवसायका बारेमा जानकारी गराउँदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन महासङ्घका प्रतिनिधिले आग्रह गरेका छन् ।
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
१. १६ औैँ योजनाको अवधारणापत्र कहिले पारित गरिएको हो ? विसं २०८० साउन १७ – सुशासन, सामाजिक न्याय र समृद्धिको सोचका साथ १६ औँ योजनाको अवधारणापत्र तयार गरिएको हो । – १५ औँ योजनाले अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारमूलक र आत्मनिर्भर बनाई संरचनात्मक परिवर्तन गर्ने भनिएकोमा कोभिड–१९ महामारी, बेमौसमी प्रकोप र अन्तर्राष्ट्रिय परिघटना
नागरिक बडापत्रसम्बन्धी कानुनी व्यवस्था १. नागरिक बडापत्र भनेको के हो ? नागरिक बडापत्रको सम्बन्धमा नेपालको प्रचलित कानुनले गरेको व्यवस्था उल्लेख गर्दै नागरिक बडापत्रलाई सार्वजनिक सेवा प्रवाह सुधारको प्रभावकारी माध्यमका रूपमा कसरी स्थापित गर्न सकिन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । सरकारी कार्यालयबाट प्रदान गरिने सेवाको विस्तृत जानकारी प्रदान गर्ने दस्ताबेज नागरिक बडापत्र हो । गुणस्तरीय सेवा प्राप्त गर्ने नागरिकको अधिकारको सम्मान गर्दै सेवा प्रदायकलाई नागरिकप्रति उत्तरदायी बनाउन नागरिक बडापत्रको अवधारणा विकास भएको हो । बेलायतले प्रथम पटक अभ्यासमा ल्याएको यस अवधारणालाई नेपालले प्रयोग गर्न थालेको दु
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।