मन्त्रिपरिषदबाट पारित भएको शिक्षा सम्बन्धी विधेयकमा गरिएको व्यवस्थाप्रति निजी विद्यालय सञ्चालकले असहमति जनाएका छन् ।
अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि सुन तस्करीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाको मिथिला नगरपालिका–१ आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको हो।
नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।
अविरल वर्षाका कारण ठाउँ-ठाँउमा आएको पहिरोले बिपी राजमार्ग, मध्येपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग मङगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।
सोमबारदेखि लगातार परिरहेको वर्षाले महोत्तरी जिल्लाको बलवा, बन्चौरी लगायतका क्षेत्रहरू डुबानमा परेको छ । सोमबारदेखि परिरहेको पानीले गर्दा रातु नदीमा पानीको बहाव उच्चसँगै बाँधहरू कटान गर्न थालेपछि डुबानको समस्या बढेको हो ।
व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन्। जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनुभएको छ ।
सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।