अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र छ जना बेपत्ता भएका छन् ।
साथीहरू । बिहानको समय पढ्ने, योगा गर्ने, ध्यान गर्ने, भगवान्को नाम जप्ने हो रे त्यही भएर बिहान म मोबाइल, टिभी हेर्दिनँ । मलाई यशोदाको नन्दलाला भन्ने टिभी सिरियल एकदमै मन पर्छ, युट्युबमा दोहोराइ दोहोराइ हेरेको छु । मेरो स्कुल बिदा भएको बेलामा श्रीकृष्णले माटो खाएको, गाई चराएको ठाउँ वृन्दावनमा जाने ठुलो रहर छ । कुनै दिन मिलाएर बाबाले लैजान्छु भन्नुभएको छ । मलाई धेरै भजन पनि गाउन आउँछ, एकादशी तुलसी तिलको दान..., अच्युतम केशवम्...हे राम... जय राम..., ओम नमो भगवते वासुदेवाय..., हरहर शम्भु, नारायण नारायण..., जय सरस्वती माता... यस्ता धेरै भजन हामी साँझको सन्ध्या पूजा गरेपछि मम्मीसँगै गाउँछौँ ।
सगरमाथा शिखर विश्वकै अग्लो हिमाल भएको छ हाम्रो देशको नामै ठुलो विशाल ।
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका साबिकका पाँच वटा गाविस लहँ, डाँडागाउँ, खगेनकोट, रग्दा र भगवती मिलाएर बनाइएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । नगर प्रमुखमा रावत निर्वाचित भइसकेपछि नलगाड नगरपालिकाको विकासलगायतका क्षेत्रमा भएका गतिविधि र आगामी योजनाबारे गोरखापत्रका सहदेव बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए ।
कर्णाली प्रदेश सरकार १२ दिनदेखि प्रमुख सचिवविहीन भएको छ। प्रमुख सचिव गोपीकृष्ण खनाल सरुवा भएपछि सो पदमा कसैलाई पठाइएको छैन। खनाल साउन १० गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएर जानुभएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारूलाई निमित्त प्रमुख सचिव तोकिएको छ।
नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा नागरिकले सधैँ सास्ती खेप्नु परेको छ। सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटनासमेत बढ्दै गएको छ। सडकको अवस्थाबारे सङ्घीय र प्रदेश सभा सदस्यले समेत उठाएको आवाज सरकारले सुनेको छैन। मुगुका सांसद ऐनबहादुर शाही, प्रदेश सभा सदस्य जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोकमार्ग स्तरोन्नति गर्न पटक पटक माग गर्दै आउनुभएको छ। सांसद शाहीका अनुसार नाग्म–गमगढी लोकमार्गलाई छिटोछरितो स्तरोन्नतिका लागि सडक कार्यालयले चासो देखाएको छैन।
सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन ।
कैलालीको मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको दुई वर्ष अवधिमा एउटा पिल्लर मात्रै निर्माण गरिएको छ । कैलारी गाउँपालिका–३ र ४ मोहनपुर र भितरिया गाउँ जोड्न दुई वर्षअघि झोलुङ्गे पुल निर्माण कार्य थालिएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो पुल समयमा बन्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । डुङ्गाको भरमा जोखिमपूर्ण ढङ्गले ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।
‘धोती मैलो, टोपी मैलो धोइदिन्या कोही छैन परदेशमा मरन्याको रोइदिन्या कोही छैन...’ उल्लेखित देउडा गीतको यी पङ्क्तिले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न जिल्ला तथा गाउँबस्तीबाट कामको खोजीमा भारत पुग्नेको कष्टकर जीवनकथालाई इङ्गित गरेको छ ।
वन डिभिजन कार्यालयमार्फत सहुलियतमा दिँदै आएको चिरान काठ बिक्री नभएर गोदाममा थन्किएको छ । उपभोक्ताको माग अत्यधिक आएर पु-याउन मुस्किल हुने गरेकामा गत आर्थिक वर्षमा भने बिक्री नभएर गोदाममा थन्किएको हो । काठ बिक्री नभएर यसरी गोदाममा राख्नु परेको यो पहिलो घटना भएको डिभिजन कार्यालय चितवनका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो । अघिल्लो आवमा अत्यधिक मागका कारण वितरण गर्न समस्या भएको थियो । आव २०७९/८० मा आवेदन दिन दुई पटक सूचना निकालिएको थियो ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका व्रmममा डुबानमा पर्ने बिपी राजमार्गको ९६५ मिटर सडक स्थानान्तरण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।