• २५ वैशाख २०८१, मङ्गलबार

सगरमाथा (कविता)

blog

सगरमाथा शिखर

विश्वकै अग्लो हिमाल

भएको छ हाम्रो देशको

नामै ठुलो विशाल ।


नेपाललाई विश्वमा

चिनाउँछ यसले

यसको गौरव बढाउन सके

फड्को मार्छ देशले ।


सबैको मन लोभ्याउने

मनमोहक ठाउँ 

सगरमाथा हिमाललाई

नेपालको गौरव बनाऊँ ।


आमन्त्रण गरौँ विदेशीलाई

आई हेरी रमाउन 

आरोहण गरेर यसको

नाम, इनाम, कमाउन ।