राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा भेटका अवसरमा दुई देशबीचमा रहेको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सबल, देशभक्त र सच्चा शक्तिको नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ ।
आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभरिका योजना समेटेर योजना बैङ्क निर्माण गरिने उल्लेख गर्नुभएको छ ।
संसद् सञ्चालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबिच बसेको दोस्रो चरणको बैठकमा सहमतिको प्रयास जारी राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
बेनी-जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैङ्क ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैङ्क रेट नामक नयाँ फिचर थपिएको हो ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबिच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित हुनुभएको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपतकालीन मार्गको छिचोलिएको ‘ब्रेक थ्रु’ भएको छ ।
गोदाममा रासायनिक युरिया (गेडे) मल भएपनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो।
प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
बाँकेका विभिन्न पालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।