राष्ट्रिय किताबखानाले कर्णाली प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहलाई कारबाही गर्न सिफारिस गरेको छ । नियमित स्थायी शिक्षकलाई तलब भत्ता भुक्तानी गर्नु अघि तलबी प्रतिवेदन स्वीकृत नगरी तलब भुक्तानी गर्ने कर्णालीका ती स्थानीय तहलाई कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ ।
‘बालकसँग स्रष्टा संवाद’ मा यस पटक हामीले साहित्यकार तथा समालोचक प्रमोद प्रधानसँग संवाद गरेका छौं । विसं २०१५ मा विराटनगरमा जन्मनुभएका साहित्यकार प्रधानले बालसाहित्य क्षेत्रमा प्रशस्त योगदान पु-याउनुभएको छ । बालबालिकाका लागि विगत तीन दशकदेखि जानकारीमूलक, ज्ञानवद्र्धक पाठ्यसामग्रीसहित ‘मुना’ प्रकाशन हुँदै आएको छ । र, यस मुना पत्रिकामार्फत बालबालिकाको पठन र लेखन संस्कृति कसरी बढाउन सकिन्छ भनेर मुना पत्रिकाले बालबालि
नीतिशास्त्र भन्छ ‘संसर्गजा दोष गुणा भवन्ति ।’ अर्थात् संसर्ग वा सङ्गतले असललाई खराब र खराबलाई असल बनाउन सक्छ वा बनाउने गर्छ । फूलको सङ्गतमा परे किरा कमिलाले पनि देवीदेवताको शिरमा बस्न पाउँछन् । मूर्खको सङ्गतमा परे हीरामा पनि किरा लाग्न सक्छ । सज्जनको सङ्गत पाए दुर्जन पनि सज्जन बन्न पुग्छन् । दुर्जनको सङ्गतमा पर्नु परे सज्जनले पनि दुर्जन बन्नुपर्ने हुन्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै एउटा अद्भुत कथा प्रस्तुत गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्री विरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।
बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक एक वटा ‘भ्यु टावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपियाँ खर्च भएको छ ।
नवदुर्गा गाउँपालिका–५, चमा गाउँमा पहिलो पटक बिजुली बलेको छ। २०७९ सालको स्थानीय चुनावका बेला ‘नो इलेक्ट्रिसिटी नो भोट’ को नारा लागेको यस गाउँमा चुनाव सम्पन्न भएको एक वर्षपछि बिजुली बलेको हो। बिजुली नहुँदा चमा गाउँवासी ससाना सोलारको प्रयोग गर्दै आएका थिए। विगत छ वर्षदेखि बिजुलीको माग गर्दै आएका स्थानीयले गत वर्षको चुनावमा ‘नो इलेक्ट्रिसिटी नो भोट’ भन्दै चुनाव बहिष्कारको निर्णय गरेका थिए।
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।
देवराज चौधरी मोरङका कटहरी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अ
एक दशकदेखि सडक मर्मत हुन नसक्दा यहाँका बासिन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्लाको पश्चिम भेग जाने तानसेन–हार्थोक–छहरा सडक एक दशकदेखि मर्मत हुन नसक्दा यहाँ यात्रा गर्ने यात्रुहरूले सकसपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । जिल्लाको पश्चिम भेगकै मुख्य सडक एक दशकयता मर्मत हुन सकेको छैन । पाल्पा, गुल्मी, अर्घाखाँचीका बासिन्दाले यो सडक भएर यात्रा गर्छन् । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने सडकको मर्मत हुन नसक्दा यात्रु सास्ती भोग्दै यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।
गाउँबाट विस्थापित भई सहर पस्ने क्रम बढेसँगै पूर्वी नवलपरासीको कतिपय गाउँबस्ती रित्तिन थालेका छन्। यहाँको ६० प्रतिशत बासिन्दा स्थायी रूपमै गाउँ छाडेर सहर केन्द्रित भएका छन्। रोजगारीको सिलसिलामा २० प्रतिशतले गाउँ छाडेका छन्। बाँकी २० प्रतिशतको मात्रै गाउँमा बसोबास रहेको बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो। गाउँमा बस्ने पनि ज्येष्ठ नागरिक रहेका छन्।
नवलपुरका विभिन्न स्थानमा बसोबास गरिरहेका अल्पसङ्ख्यक माझी, मुसहर र बोटे समुदायले आफूहरूका लागि वैकल्पिक रोजगारीको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्। आफूहरूको पुख्र्यौली पेसा माछा मार्ने भए पनि उक्त व्यवसायबाट जीवन गुजारा गर्न कठिन भएको गुनासो गर्दै वैकल्पिक व्यवस्थाको माग गरेका हुन्।
गोरखा सदरमुकाममा रहेको एनएमबी बैङ्कको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ। आफू बैङ्कको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनी झुक्याएर ग्राहकको खातामा भएको रकम ‘ट्रान्सफर’ गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो।