सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।
विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताउनुभयो ।
२०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’ राजा महेन्द्रले राराकी अप्सरा शीर्षकमार्फत मुगुको रारा महìव र महिमा उजागर गर्नुभयो। कवितामार्फत मुगुको रारालाई पहिचान दिएको भन्दै कतिपयले रारा ताललाई महेन्द्र तालसमेत भनेको पाइन्छ। रारा तालको छिमेकी रहेको रड्याल शाह गाउँको संस्कृति, चाडबाड, कृषि र यहाँको मठमन्दिर, पञ्चायत घर जस्ता पुराना संरचना एवं ललितकलाको प्रभावले राजा महेन्द्र मोहित भएको देखिन्छ। महेन्द्रको रारा भ्रमणपछि नै नेपाली र विदेशी पर्यटक रारा खोज्दै आउन थालेको स्थानीय रूपबहादुर मल्लले बताउनुभयो।
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ ।
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
शुक्रबारदेखिको लगातार वर्षाले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा भौतिक तथा पशुपन्छीमा क्षति पु-याएको छ। पहिरोमा केही घर, गोठ र घट्ट भत्किँदा गाई र कुखुरा पुरिनुका साथै खेती नष्ट भएका छन्। त्रिवेणी गाउँपालिका–५ का अध्यक्ष रनबहादुर पुनका अनुसार वडावासी बलाराम विकको घर भत्किएको छ। घरमा भएको अन्नपात र सरसामान पूर्ण रूपमा क्षति भएको छ। बलारामको परिवार आफन्तको घरमा सहारा लिएर बसेका छन्। शनिबार राति स्थानीय डिल्लीबहादुर ओलीको गोठघर पहिरोले पुरिँदा एक वटा दुहुनो गाई र केही कुखुरा मरेका छन्। गोठमा राखिएको अन्नपातसमेत पहिरोमा पुरिएको छ।
तापक्रम घट्दै जाँदा आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् ।
आज देशैभर दिनभर जसो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गलफुलो (मम्प्स) समस्याले कैलालीका बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो। आँखा पाक्ने भाइरलको प्रकोप बढेका बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।
सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ ।
जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार ७४२ केजी निर्यात भएको थियो तर आव २०७९/८० मा पाँच हजार ९०६ केजी मात्रै टिमुर नियात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
विश्वमा अब नेपाल अलैँचीको देश भनेर चिनिने भएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले ल्याएको ‘एक देश एक उत्पादन’ अवधारणा अन्तर्गत नेपाल अलैँचीका लागि चुनिएको हो । यस कार्यक्रममा विभिन्न ८३ वटा देश सहभागी छन् । ती सबै देशले एउटा एउटा बाली पाएका छन् । विश्वमै अलैँची उत्पादनमा नेपाल पहिलो हो । एक तथ्याङ्क अनुसार विश्व बजारमा अलैँचीमा नेपालले ५२ प्रतिशत बजार ओगटेको छ तर नेपालका लागि भारत नै मुख्य बजार भएको छ ।
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।