• ३० वैशाख २०८२, मङ्गलबार

घोराही–लमही सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध घोराही–लमही सडक खण्ड । तस्बिर: लीलाधर वली

लीलाधर वली

घोराही, साउन २२ गते । दाङ घोराही–लमही सडक खण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो । 

बर्सादका कारण आज सोमवार बिहान सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतबर्ष असोजमा ठुलो बर्सादका कारण पहिरो खसेको ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध हुन पुगेको हो । 

सडक सुचारुका लागि पहिरो हटाउने काम भइरहेको छ । उहाँले भन्नुभयो,‘राति सडकमा लेदोसहितको ढुङ्गा र माटो खेसपछि सडक अवरुद्ध हुन पुगेको थियो । अहिले जेसीभि लगाएर  पन्छ्याउने काम भइरहेको छ ।’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख श्रेष्ठका अनुसार अहिले जेसिभिसहित सुरक्षाकर्मीहरूबाट पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडक खण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।