आन्तरिक उत्पादनको बजार सुनिश्चित गरी व्यापार संरक्षण गर्न गैरभन्सार कर लागु गर्नुपर्ने निष्कर्ष निकालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपालमा व्यापार संरक्षणका उपाय’ अध्ययन प्रतिवेदनले विश्वव्यापी रूपमै गैरभन्सार करमार्फत व्यापार संरक्षणको नीति अवलम्बन गरिएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो । व्यापार संरक्षणको अभावमा नेपालमा उत्पादित वस्तु प्रतिस्पर्धी बन्न नसकेको र त्यसले गर्दा कतिपय उद्योग धराशायी नै बन्न पुगेकाले नेपालले गैरभन्सार करमार्फत आयात नियन्त्रण गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो ।
कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो ।
लामो खडेरीपछि मधेश प्रदेशमा पानी पर्न सुरु भएको छ । एकाएक मौसम बदली भई आइतबार साँझ सामान्य वर्षा भएको थियो । सोमबार बिहानैदेखि वर्षा भइरहेको छ ।
अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो ।
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले तीनमहिने कार्ययोजना घोषणा गरेको छ। पार्टीले यसलाई ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिएको छ। गत बुधबारबाट सुरु भई आइतबार सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले नेताहरूको कार्यविभाजन गर्नुका साथै ‘विशेष रूपान्तरण’ अभियान घोषणा गरेको हो। उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सबै केन्द्रीय सदस्यले देशका प्रत्येक वडामा पुगेर जनताका
२०८० साउन २२ (७ अगस्ट २०२३) गते नागढुङ्गा सुरुङ हुँदै ताजा हावा वारपार भयो। नेपालले जापान सरकारको सहयोगमा पहाडी क्षेत्रमा सवारीसाधन सञ्चालनका लागि सुरुङ मार्ग निर्माण गरिरहेको छ। यस कठिन आयोजनामा जापानका कम्पनीहरूले धेरै नेपालीसँग मिलेर हरेक दिन कडा मेहनत गरिरहेका छन्। यस चुनौतीपूर्ण आयोजनामा जापानले निरन्तर योगदान गरिरहेकामा नेपालका लागि जापानको राजदूतका हैसियतमा म ज्यादै खुसी छु।
अपराध समाजको सहज व्यवहार भएकाले प्रत्येक समाजको यो जन्मजात तत्व हो। समाजका विभिन्न सामाजिक समूहबिचको परस्परविरोधी चाहनाले द्वन्द्वको उठान गर्छ र अन्ततः आपराधिक वारदात घटित हुन्छन्। औद्योगिकीकरण, सहरीकरण र विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासले अपराधको प्रकृति र क्षेत्र समयको अन्तरालसँगै परिवर्तन भएको छ। अर्को शब्दमा अपराध विभिन्न सामाजिक–आर्थिक तत्वहरूको एउटा उपउत्पादन हो; जुन समाजको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणसँगै परिवर्तन हुन्छ। प्रविधिको उन्नतिसँगै हिंसा र अपराधको प्रकृतिमा समेत उछाल जस्तै आइरहेछ। विश्वव्यापी रूपमा निरन्तर
देश राजनीतिक रूपमा अस्तव्यस्त, कुशासन र भ्रष्टाचारबाट मुक्त हुन नसक्दा गरिबी, बेरोजगारी, विकृति र विसङ्गति बढेर जनतामा थप निराशा पैदा हुने गर्छ। विशेषतः युवा वर्ग आफ्नो सुखद र सुनिश्चित भविष्य देख्न नसक्दा विदेश पलायन हुने दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। त्यसैले राजनीतिक स्थिरता र सुशासन कायम गर्दै आमजनतालाई साथमा लिई औद्योगीकरणको अभियान चलाएर रोजगारी सिर्जना गर्नु आजको प्रमुख दायित्व र आवश्यकता हो।
आजको युग एक्काइसौँ शताब्दीको हो। यस युगमा नारी रमाउँदै गरेका छन्। उनीहरूले विचार र परिवारलाई चुनौती दिँदै जिम्मेवारी बोध गरेका छन्। विगतमा समय र परिस्थिति फरक थियो। जुन समयमा घर र परिवारको रेखदेख, लालनपालन, खानपान, घरायसी व्यवहार मिलाउनु नै उनीहरूको दैनिकी थियो। अझ पतिलाई पति परमेश्वरको दर्जामा राख्दै उनीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने मात्र होइन, ईश्वरसँग पतिको सुस्वास्थ्यको कामना पनि गर्दथे।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि पूर्ण गतिका साथ अगाडि बढ्ने बताउनुभयो । कोशी प्रदेश सरकार अहिले पनि काम चलाउ अवस्थामा नै रहेको सन्दर्भ जोड्दै उहाँले यस्तो बताउनुभएको हो ।
बाँकेको एक सामुदायिक वनले कागती खेती गर्न सुरु गरेपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुन थालेको छ । जिल्लाको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वनले गरेको सामूहिक कागती खेतीबाट समूहले मनग्गे आम्दानी गरिरहेको सामुदायिक वनका उपभोक्ताले जनाएका छन् ।
विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।