सुर्खेतको वीरेन्द्रनगरका भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्वासीहरुले अझै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छैनन् । जिल्लाका अन्य पालिकाहरूमा धमाधम लालपुर्जा वितरण कार्य भइरहँदा वीरेन्द्रनगरमा भने अझै वितरण सुरु हुन सकेको छैन ।
इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।
बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् ।
अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।
देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिवाइटिस) रोगका बिरामीहरू चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।
कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ ।
विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।
स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा आएको पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको राजमार्ग केही समय अगाडिबाट एकतर्फी सञ्चालनमा आएको छ ।
तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।
सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर सक्रिय रहँदै आउनुभएको छ । संसद् सुचारु गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार मङ्गलबार पनि तीन दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गर्नुभएको छ ।
आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो ।