रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।
सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा सात सय १० सदस्य मनोनित भएका छन् ।
नाहाला भत्किएपछि तनहुँको सदरमुकाम दमौली बजार जलमग्न भएको छ । पोखरा-मुग्लिङ सडक खण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि जलमग्न भएको हो ।
लखन्देही खोलाले बाँध कटान गरेर बस्तीतर्फ बाढी पसेपछि सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल गाउँ जोखिममा परेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उहाँलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।
कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ ।
काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा दिइने छात्रवृत्तिका लागि सञ्चालन भएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ जोड्ने मनोहराखोला पुलमा फसेका किरण राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।
बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् हुने भएको छ ।
नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ ।
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाब बढेको छ । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ भने नदीको भेलमा जोखिम मोलेर एक युवा माछा मार्दै छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अविरल वर्षाका कारण जिल्लाको बागमती,लालबकैया तथा माँझ खोलामा पानीको सतह वृद्धिसँगै तटिय क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।