पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा ४४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत पाल्पाले जनाएको छ। गत आवमा अदालतमा कुल दर्ता भएको एक हजार १७ मुद्दामध्ये ४४३ सम्बन्धविच्छेदकै रहेको अदालतका तहसिलदार भेषराज खनालले जानकारी दिनुभयो।
बागमती प्रदेशका विभिन्न जिल्लामा केही दिनयता भएको वर्षासँगै आएको बाढीपहिरोबाट ग्रामीण सडकसँगै राष्ट्रिय राजमार्ग अवरुद्ध बनेका छन् ।
बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ । लगातारको वर्षाले विभिन्न खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न नदीमा बाढीको बहाव उच्च रहेको जनाइएको छ ।
कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा पछिल्लो केही दिनदेखि सर्वसाधारणमा आँखा पाक्ने रोग फैलिरहेको छ । दुई सातादेखि कोशी प्रदेशका अधिकांश समुदायमा भाइरल प्रकोपकै रूपमा आँखा पाक्ने समस्या बढ्दै गएको हो ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।
महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।
वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तराईका जिल्लाका सरकारी कार्यालयमा हुने गरेको अनियमितताविरुद्धका उजुरी बढी पर्ने गरेको पाइएको छ ।
दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी प्रयोगमै आउन छाडेको हो। त्यसो त बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप भएका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयको गोदाममा अत्यावश्यक मौज्दातबाहेक चामल सकिएको छ। गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन। पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ। प्रादेशिक कार्यालयले २० हजार क्विन्टल चामल माग गरे पनि टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल समयमा पु-याउन सकिएको छैन। दुई पटकसम्म टेन्डर रद्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेन्डर प्रक्रियामा ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो।
वर्षायाम सुरु भएसँगै पुण्यमाता खोलामा आउने बाढीका कारण बनेपाका विभिन्न क्षेत्र डुबानमा पर्ने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुण्यमाता खोला आसपासको क्षेत्रमा हुने डुबान समस्याको समाधानका लागि समिति गठन गरेको छ ।
स्थानीय तहको निर्वाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) अछामका उपसचिव ३५ वर्षीय डम्बरबहादुर बिसी निर्वाचित हुनुभयो। युवा उमेर, त्यस्तै जोसजाँगर भएका युवा नेता बिसीले उच्च शिक्षा (स्नातकोत्तर तह) सम्मको अध्ययन गर्नुभएको छ। विद्यार्थीकालदेखि राजनीतिक यात्रा शुभारम्भ गर्नुभएका बिसी एमाले समर्थक अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज हुँदै पहिलो प्रयासमै पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । आठ वटा वडामा करिब २५ हजार जनसङ्ख्या भएको तुर्माखाँद गाउँपालिका जिल्ला सदरमुकामदेखि ५५ किलोमिटर पूर्वमा रहेको छ । यो पालिका कृषि
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
डडेलधुरा अस्पतालले खरिद गरेका विभिन्न उपकरण, औषधी, अध्यक्षका नाममा लिइएको पेस्की रकम र करारमा कर्मचारी नियुक्तिलगायत घटनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको छ।