नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिनुभएको छ । पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गर्नुभयो ।
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।
आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उहाँको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय व्यवस्थापनले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउने भएको छ ।
पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना गरिएको थियो ।
मानव अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने ‘प्रकृति’ को महिमा उजागर गर्ने चित्र, मूर्तिका साथ बोधिसत्व आर्ट ग्यालरीमा बृहत् कला प्रदर्शनी सुरु भएको छ । पृथ्वीमा जीवन सम्भव बनाउने तत्वहरू आगो, पानी, आकाश, भूमि र हावा, रुख बिरुवालगायतका प्राकृतिक सम्पदाको पूजा गर्दै प्रकृति र मानवबिचको सहअस्तित्वलाई स्विकार्ने परम्पराको मूल सन्देश बुझ्न प्रदर्शनीले मद्दत गर्छ । ती तत्वलाई सनातन हिन्दु र बौद्ध परम्परामा भगवान्का स्वरूपमा पूजा गरिन्छ ।
यस वर्षको गाईजात्रा प्रहसन भदौ १३ देखि आयोजना हुने भएको छ । ‘८० सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम पाँच दिनसम्म प्रज्ञा भवनमा चल्ने छ । कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुविना अधिकारी, चक्र दवाडीलगायतका कलाकारले दर्शकलाई हँसाउनुहुने छ । ब्रान्डवर्थ प्रालिले यसपालिको गाईजात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो ।
पशुपन्छी तथा दानाजन्य उत्पादनमा वार्षिक अर्बभन्दा बढीको कारोबार गरिरहेको श्रीनगर एग्रो फार्म प्रालिले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि श्रीनगर एग्रो फार्म प्रालिलाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनाएको छ । श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीका रूपमा रूपान्तरण भएको हो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । मङ्गलबारको प्रारम्भिक बैठकले श्रेष्ठको सुनुवाइ प्रक्रिया थालनी गर्दै उजुरी आह्वानको निर्णय गरेको छ । उजुरीका लागि समितिले १० दिनको समय दिएको छ । नेकपा (एमाले) संसदीय दलका सचेतक एवं समिति सदस्य महेश बर्तौलाले सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरिएको जानकारी दिनुभयो । उजुरीको समय सकिएपछि समितिले सुनुवाइका बाँकी प्रक्रिया अघि बढाउने छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरबार वरिपरि रहने प्रवृत्तिको अन्त्य गर्दै दरबन्दी अनुसार खटाइएको स्पष्ट पार्नुभयो । समायोजन तथा सरुवा भएका कर्मचारीबाहेकलाई फिर्ता पठाउने काम भइरहेको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मङ्गलबार आयोजित अन्तरसरकार सम्बन्ध सुदृढीकरणमा आमसञ्चारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मोदीले भन्नुभयो, “काठमाडौँमा अखडा बनाएर बसेका कर्मचारीलाई बाहिर पठाएका छौँ । ३७५ स्थानीय तह निमित्तका भरमा थिए । अहिले १४२ मा झारिएको छ । असारमा सरुवा गर्न समस्या भयो । अब गति दिने छौँ ।”
काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश खोला किनारका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), मनहरा र टुकुचा (इक्षुमती) सहितका नदी किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाका कारण डुबानमा परेका हुन्। त्यसै गरी ललितपुरको कर्मनासासहित अन्य साना खोला तथा खहरेमा पनि बाढी आएको छ। भक्तपुरका हनुमन्तेसहित अन्य खोलामा जलाधार बढ्दा कैयौँ स्थान डुबानमा परेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले खोला किनारका बस्ती डुबानमा परेको बताउनुभयो।
पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ । गोलभेँडाको बोटमै पुगेर व्यापारीले ९० रुपियाँ प्रतिकिलोका दरले गोलभेँडा खरिद गरिरहेका छन् । “यो वर्ष थोरै गोलभेँडा लगाइयो । गत वर्ष बिक्री हुन गाह्रो भएको थियो । त्यस्तै होला भनेर कम रोपियो । अहिले चाहिँ मजाले भाउ आयो,” मङ्गलबार गोलभेँडा बिक्रीकै लागि इलाम बजार आइपुग्नुभएका माईजोगमाई–५ का महेन्द्र चापागाईंले भन्नुभयो, “यहाँ आफैँ ल्याउँदा त प्रतिकिलो १२० का दरले बिक्री भयो । घरमा ९० रुपियाँले बेचिरहेका थियौँ ।”
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।
फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।