पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
भूकम्पबाट सधैँ सतर्क रहनुपर्ने मुस्ताङमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रौतहटमा निर्वाचन प्रहरीका लागि छ हजार सात सय ३६ आवेदन परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताउनुभएको छ ।
नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।
नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता गराएका छन्।
जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् ।