पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते हुनुभएको छ ।
गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
दसैँको बेला पनि मर्मत हुन नसकेको कालीकोटको ग्रामीण सडक । नजिकिँदै गर्दा कालीकोटका ग्रामीण सडक अझै पनि जीर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दसैँमा घर जाने यात्रुलाई दैनिक
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
जेनजी समर्थक समूहको माग सम्बोधन गर्न यहाँको बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता टोली गठन गरेको छ ।
देशभरिका सहरबाट जन्मथलोतिर दसैँ मनाउन जानेको लर्को लागिरहेका बेला मनाङ भने सुनसान बन्दै गएको छ । विगतमा यो समय पर्यटकले खचाखच हुने मनाङमा जेनजी आन्दोलको प्रभाव पर्यटकमा पर्दा मनाङ सुनसान जस्तै बन्दै गएको हो ।
कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि सहयोग सामग्री वितरण गरिएको जनाइएको छ ।
धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जेनजी आन्दोलनका व्रmममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् ।
दसैँ तिहारजस्ता ठुला चाडपर्वमा भारतबाट आउने लगायतका यात्रुहरुको अत्याधीक चाप बढ्ने भएकाले सोलाई लक्षित गरेर जिल्लाका तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।
विजया दशमीको आगमनसँगै जनकपुरधाममा दुर्गा पूजाको चहलपहल बढेको छ । शक्तिपीठको रूपमा मानिने राजदेवी मन्दिरसहित पिडरिया माइस्थान, रामचौकस्थित बौधिमाई, मुरली चौकस्थित दुर्गा मन्दिरलाई भव्य रूपमा सजाइएको छ ।
नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न टोलहरूमा सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती सुरु गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा निशानामा परेका सरकारी कार्यालयहरूको पुनर्निर्माण थालेको हो ।