मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् ।
बडादसैँको सुरुवातसँगै नेपालगन्ज सहर दुर्गाभगवतीको मूर्तिले झकिझकाउ भएको छ । सहरका चोक चोक तथा गल्ली गल्लीमा मूर्ति स्थापनासँगै लाइट र ध्वजापताका लगाएर झिलिमिलीसमेत गरिएको छ ।
ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।
दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले एक हप्ता अगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछन् ।
सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
दसैँ सुरु हुनासाथ गाउँघरमा डुम डुम आवाज सुनिन्थ्यो । दसैँ आयो भन्दै केटाकेटी रमाउँथे । दसैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म घर घर डुलेर दमाहा बजाउँदै ‘नगरा’ लगाउने चलन थियो ।
घरायसी विवादका कारण श्रीमतीलाई कुटपिट गरी हत्याको प्रयास गरेको आरोप सप्तरी प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
चाडपर्वमा बजारमा झिनियाको माग र खपत बढी हुन्छ । अन्य समयमा भन्दा रङ मिसिएका खाद्य सामग्री यो बेला बढी प्रयोगमा आउछन् ।
ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाका अधिकांस स्थानीय तहका वडाले लाभग्राहीको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो ।
सप्तरीमा रहेको १८ स्थानीय तहमध्ये ८ पालिकालाई कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीले आर्थिक कारोवार सुरु गरेको छ ।
नेपालमा छिटो छिटो राजनीतिक आन्दोलन र परिवर्तन हुने गरेको छ । भर्खरै जेनजी पुस्ताको आन्दोलन भएर राजनीति नयाँ मोडमा आइपुगेको छ । जनअपेक्षा, आकाङ्क्षा र आवश्यकता अनुरूप आर्थिक
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा सिँचाइ सुविधा थप विस्तार गरेको छ । यस अवधिमा चार हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ सुविधा पुगेको छ भने छ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।
नवयुवा (जेनजी) पुस्ताले गरेको आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन र क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा ध्यान केन्द्रित गर्दै छ । यस प्रयोजन