चीनले पहिलो पटक विशेष उत्सर्जन कटौतीको प्रतिज्ञा सार्वजनिक गरेको छ । सो अनुसार सन् २०३५ सम्ममा ग्रह-ताप बढाउने हरितगृह ग्यास सातदेखि १० प्रतिशतले मात्र घटाउने लक्ष्य राखिएको छ । तर यो लक्ष्यलाई विश्लेषकहरूले निकै कम भनेका छन् ।
चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीलाई कठिनाइमा पारेको अमेरिका-चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नचाहेको घोषणा गरेको छ ।
इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो ।
मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारको दोभानडाँडाबाट देखिएको मनास्लु हिमाल ।
रासायनिक मल आपूर्ति भएपछि तनहुँ र लमजुङका किसानले मल अभावको समस्या व्यहोर्नु नपर्ने भएको छ। विगतमा मलको अभावले गर्दा किसानले समयमै बाली लगाउन कठिनाइ खेप्नु परेको थियो। चालु आर्थिक वर्षमा माग अनुसारको मल आएकोले सहज भएको छ।
कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैँचाको कुुटीमा बस्दै आउनुभएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ ।
दशैं सुरु भएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनाहरु न्युनीकरण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ।
पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार संयुक्त राज्य अमेरिकाको भ्रमणअघि प्यालेस्टिनी राज्यलाई मान्यता दिने पश्चिमी नेताको आलोचना गर्नु भएको छ ।
नुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन् ।
उत्तर कोरियासँग करिब दुई टनसम्म अत्यधिक समृद्ध युरेनियम भएको विश्वास गरिएको दक्षिण कोरियाका एकीकरण मन्त्रीले बिहीबार बताएका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पहिले नै उत्तर कोरियासँग ‘महत्त्वपूर्ण’ मात्रामा हतियार–ग्रेड युरेनियम रहेको बताउँदै आएको छ ।