अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।
सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
निस्दी गाउँपालिकामा बाल अधिकार र बालविवाहको बारेमा सचेतना जगाउन वडा तहमा बालमेला सुरु भएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री, सुरक्षित कार्यस्थल र सेवाप्रवाहसम्बन्धी तीन दिने क्षमता विकास कार्यक्रम गरिएको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नं. १ स्थित आसन घाटमा नुहाउने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. १ बल्लेरी टोलका १८ वर्षीय अर्जुन प्रजा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रधानमन्त्रीले केपि शर्मा ओलीले आज पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै हुनुहुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत बैतडीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्र्थी यूनियन (स्ववियु) निर्वाचनको मातदान सुरु भएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गर्नुभएको छ । यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पुर्याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताउनुभयो ।
पश्चिम बागलुङको गलकोट नगरपालिकामा सघन सहरी विकास आयोजना सञ्चालनमा आएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।
वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गुमाएका सेनाको सम्झनामा निर्माण भएको पार्क अहिले अलपत्र परेको छ । १५ वर्षअघि रामेछापको वादीपाखा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका १३ जना नेपाली सेना जवानको सम्झनामा निर्माण भएको पार्क प्रयोगविहीन बनेको हो । उक्त स्मृति पार्क उद्घाटन हुन नसकेर अलपत्र बनेको छ ।