पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व सङ्कलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनुपर्ने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
बाघको आक्रमणमा परेर पनि ज्यान जोगाएका बर्दियाका भदै थारू अहिले बाघ संरक्षणकै अभियानमा सक्रिय हुनुभएको छ । विसं २०६० पुस २२ गते बर्दियाको मधुवन नगरपालिका–३ स्थित गौरी महिला सामुदायिक वनमा खरखडाइको निगरानी गर्न अध्यक्ष थारू सामुदायिक वनभित्र पस्दा बाघले आक्रमण गरेको थियो ।
सर्लाहीको हरिवन नगरपालिका –८, पुरानो बजारमा मङ्गलबार साँझ आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नस्ट भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
हिमाली जिल्ला हुम्लाको नाम्खामा हिउँचितुवाको सङ्ख्या पत्ता लागेको छ । सो गाउँपालिकामा पहिलो पटक हिउँचितुवाको अध्ययन सम्पन्न भएपछि यसको सङ्ख्या पत्ता लागेको हो ।
वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवर्धनमा जोड दिएको छ । संरक्षण अभावमा रहेका ताल, पार्क र चौतारी पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।
विद्यालयको भवनमा पक्की ढलान गरिएको छ तर ढलान छतमाथि पुराना जस्तापाता छापिएको छ । यो विषय तिला गाउँपालिका–८, जुम्लाकोट गाउँस्थित देउराली माध्यमिक विद्यालयको हो । १२ कक्षासम्म अध्यापन हुने देउराली माविमा पाँच सय विद्यार्थी सङ्ख्या रहेको छ ।
बैतडीका ग्रामीण क्षेत्रका ५० प्रतिशत महिलाकोे प्रजनन स्वास्थ्यमा सङ्क्रमण देखिएको छ । पाटन नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा आएका पाँच सय महिलामध्ये ५० प्रतिशतमा महिलाको प्रजनन प्रणालीमा सङ्क्रमण देखिएको हो ।
जनशक्ति र बजेट अभावका कारण कञ्चनपुरको लालझाडीमा निर्माण भएको अस्पताल सञ्चालनमा ल्याउन समस्या भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुनुहुन्छ ।
भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न लागिएको हो ।
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।