साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा रियल ओभिडोमाथि सहज जित निकालेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
हिन्दु धर्मावलम्बीले मनाउने बडादशैंको पहिलो दिनदेखि सप्तरीसहित देशैभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वाथ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
फिलिपिन्समा गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति भएको सुपर चार खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखापरेपछि शुक्रबार केही घण्टाभित्रै दोस्रो पटक विमानस्थल बन्द गर्नु परेको छ ।
सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् ।
पूर्वी नवलपरासीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अवस्था शून्य छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गर्नु भएको छ ।
अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदारद्वारा सरकारका नीतिप्रति समर्थन व्यक्त गरेका छन् ।
कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा बिहीबार राति भएको सेमिफाइनल खेलमा नेपाल साविक विजेता भारतसँग ३–० गोलले पराजित भयो ।
ऐरावती गाउँपालिकाका किसानले यस वर्ष सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् । पहिलो पटक तौल गरेर खसीबोका बिक्री गर्न पाउँदा किसानहरु खुशी भएको बताएका छन् ।
स्याङ्जाको वालिङमा ‘भकुण्डे साहित्य उत्सव–२०८२’ सम्पन्न भएको छ ।