नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदुत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवन अपाङ्गमैत्री निर्माण गरिएको छ । अहिलेसम्म भाडगाउँ आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालय एउटै भवनबाट सञ्चालन भएकाे हाे ।
नवलपुरले दुध र अण्डामा आत्मनिर्भर भएको छ । माछा र मासुमा भने आत्ममनिर्भरउन्मुृख भएको बताइएको छ । जनसंख्याका आधारमा हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ । यहाँ एकसय ३२ लिटर दुध उत्पादन हुनेगरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा जारी छ।
अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ । सो प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले सो प्रणालीको सुभारम्भ गर्नुभयो ।
१९५८ वैशाख २४ : राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको आदेश अनुसार गोरखापत्रको प्रकाशन सुरु । १९६४ भदौ ४ : नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरको विष खुवाएर हत्या । १९६८ : श्री ५ पृथ्वीवीरविक्रम शाहको निधन, युवराज त्रिभुवनको राज्यारोहण ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासीमा क्षति पुगेका सरकारी तथा निजी संरचनाको आज अनुगमन गर्नुभएको छ।
चाडपर्व नजिकिँदै गर्दा धादिङमा बजार अनुगमन तीव्र पारिएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिती धादिङले बजार अनुगमनलाई तिब्र पारेको हो।
तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिँदै हिँडिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहनुभएका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुनुहुन्छ ।
'जय श्री हारती माँ' दाफा भजनको भिडियो सार्वजनिक भएको छ ।
अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ।
पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटा सहित पक्राउ परेका हुन् ।