'जय श्री हारती माँ' दाफा भजनको भिडियो सार्वजनिक भएको छ ।
अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ।
पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।
बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटा सहित पक्राउ परेका हुन् ।
नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिका –१० घट्टलेख गाउँका कृष्णबहादुर सेजुवालले जागीरसँगै स्याउखेती गर्नुहुन्छ । अहिले उदाहरणीय कृषक बन्न सफल हुनुभएका उहाँ वार्षिक ११ लाख रुपियाँ स्याउ बेचेर आम्दानी गर्न सफल हुनुभएको छ ।
निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्याउँदै आउनुभएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका –९ पामचोकस्थित सरस्वती सदन आधारभूत विद्यालयका विद्यार्थीलाई एक संस्थाले कपडा, झोलासहित शैक्षिक सामग्री वितरण गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो ।
चाडपर्वलाई लक्षित गरी सल्यानमा बजार अनुगमन तीव्र बनाइएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा ७२ हजार ४८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।नगरपालिका– ९ स्वर्णपट्टी टोल घर भएका ५० वर्षीय हंसलाल यादवको पोखरीमा डुबेर मुत्यु भएको हो ।
लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दसैँको रौनक मात्र बढाएको छैन, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ ।
खराब मौसम र जेनजी आन्दोलनका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान शुक्रबारदेखि पुनः सुरू भएको छ । वर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएको उडान भर्न सुरू गरेको हो ।
हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन हुनुभएको हो ।