कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।
कर्णालीमा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनभित्र पार्टीले संघर्षको स्वरुप बदल्नुपर्ने बताउनुभएको छ । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार यहाँ प्रशिक्षण कार्यक्रममा बोल्नुहुदै उहाँले जुन उद्देश्यकासाथ गठबन्धन भयो त्यो उद्देश्य कायमै रहेको तर माओवादी अलि उदार र गठबन्धनप्रति नै बढी भरोसा गरेको बताउनुभयो ।
धनुषाको मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउँ वितरण शुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण शुरु गरेको हो ।
सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुुमार कार्की पहिलो पटक हुुम्ला आइपुुग्नुु भएको छ । बुधवार बिहान नेपाली सेनाको हेलिकोप्टरमा मुुगुुबाट आउनुभएको हो । हुुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलकाअनुसार प्रधान न्यायाधीश कार्की जिल्ला आउनुभएको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका १० घर भई हाल धनकुटा बस्ने बर्ष २४ का पुरन राईको धनकुटामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार विहान धनकुटाबाट धरानतर्फ जाँदैगरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिकास्थित वडा ६ मा अनियन्त्रित भई दुर्घटना भएको राईको अस्पताल पुग्नेवित्तिकै मुत्यु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तारा एयरको नाइन एन एईटी कलसाइन जहाज दुर्घटनामा परी २२ जनाको दुःखद मृत्युले पार्टी मर्माहत भएको जनाएको छ । पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीद्वारा सोमबार जारी विज्ञप्तीमा सो घटना दुःखदायी भएको बताएको हो ।
आइतबार पोखराबाट जोमसोम विमान स्थलका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परी निधन भएकामध्ये २१ जनाको शव प्राप्त भएको छ । एकजनाको शवको खोजी जारी रहेको छ । सो विमानमा सवार सबै २२ जनाको निधन भएको पाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ ।
कतारकी राजकुमारी आश्मा विन्त थानी अल–थानीले संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । समुद्री सतहदेखि ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला बन्नुभएको कतार ओलम्पिक कमिटीले ट्वीट गरी जनाएको छ ।
नेपाल पत्रकार महासंघले संघीय, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको महासंघको सदस्यता स्वतः खारेज हुने निर्णय गरेको छ । महासंघको आइतबार बसेको उपत्यकामा उपलब्ध केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
नेपाली कांग्रेसले आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित यात्रुहरुको निधन भएको घटनाप्रति दुःख प्रकट गरेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा सो दुर्घटना भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिइएको बताउनुभएको छ । अर्थ मन्त्रालयद्वारा सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो ।
सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो ।