• १३ असोज २०८१, आइतबार

राजकुमारी आश्माको सफल सगरमाथा आरोहण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । कतारकी राजकुमारी आश्मा विन्त थानी अल–थानीले संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । समुद्री सतहदेखि ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला बन्नुभएको कतार ओलम्पिक कमिटीले ट्वीट गरी जनाएको छ । 

उहाँ सगरमाथा आरोहण गर्ने पहिलो अरबि महिला हुनुहुन्छ । नेपाल–भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजञ्घाको पनि उहाँले सफल आरोहण गर्नुभएको छ । उहाँले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फबाट आरोहण गरिसक्नुभएको छ । 

आरोहणपछि इन्स्टाग्राममा पोष्ट गर्दै उहाँले आफूले देखेको सपना पूरा भएको बताउनुभएको छ । “जहा इच्छा त्यहाँ उपाय” भन्दै उहाँले लेख्नुभएको छ, “मेरो सपनाले मलाई कुनै पनि समय पछ्यारह्यो, निदाउनु अगाडि र उठेपछि त्यसकै पछि लाग्ने बनायो, यो सपना पूरा गर्नु त्यति सजिलो थिएन र पनि पूरा भएको छ ।” उहाँले विश्वका धेरै अग्ला हिमालको सफल आरोहणसमेत गरिसक्नुभएको छ ।