• ५ जेठ २०८१, शनिबार

कामु प्रधान न्यायाधीश कार्की हुुम्लामा

blog

राजन रावत

हुुम्ला, जेठ १९ गते । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुुमार कार्की पहिलो पटक हुुम्ला आइपुुग्नुु भएको छ  । बुधवार बिहान नेपाली सेनाको हेलिकोप्टरमा मुुगुुबाट  आउनुभएको हो । हुुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलकाअनुसार प्रधान न्यायाधीश कार्की जिल्ला आउनुभएको हो । 

कामुु प्रधान न्यायाधीश कार्की जिल्ला अदालतको नबनिर्मित भवनको उद्घाटन गर्न जिल्ला आउनु भएको उहाँले बताउनुभयो । दुुईदेखि तीन घण्टासम्म कामुु प्रधान न्यायाधीश कार्की जिल्लामा बस्ने कार्यक्रम रहेको जानकारी उहाँले दिनुुभयो । 

सिमकोट बिमानस्थलबाट भवनको उदघाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । भवन उदघाटन कार्यक्रमपछि उहाँले जिल्ला अदालतको अनुमगन तथा निरीक्षण गर्ने कार्यक्रम छ । हुुम्लाको कार्यक्रमपछि उहाँ जुम्लाको उच्च अदालतको निरीक्षण गर्ने कार्यक्रम छ । 

उहाँ दिउँसो नेपालगञ्ज फर्कने कार्यक्रम छ । मंगलवार भने उहाँले डोल्पा र मुुगुु जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ । टोलीमा सर्वोच्चका बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की, रजिष्ट्रार लगायतको सहभागिता छ ।