• १६ भदौ २०८१, आइतबार

जनप्रतिनिधिमा निर्वाचित पत्रकारको सदस्यता खारेज हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । नेपाल पत्रकार महासंघले संघीय, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको महासंघको सदस्यता स्वतः खारेज हुने निर्णय गरेको छ । महासंघको आइतबार बसेको उपत्यकामा उपलब्ध केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । 

महासंघका महासचिव रोशन पुरीकाअनुसार आफ्नो मातहतका शाखालाई पनि सोहीअनुसार गर्न गराउन सुचित गर्ने निर्णय भएको छ । त्यस्तै, विभिन्न सञ्चार प्रतिष्ठानसँग श्रमजीवि पत्रकारको सवालमा भएको सम्झौता कार्यान्वयनको माग पनि गरेको छ ।